शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

इशान अस्पतालमा ग्लोबल आईएमई बैंकका ग्राहकलाई १० प्रतिशतसम्म छुट

आइतबार, साउन ६ २०८१
इशान अस्पतालमा ग्लोबल आईएमई बैंकका ग्राहकलाई १० प्रतिशतसम्म छुट

बैंकले आफ्ना ३ सय ५४ शाखा कार्यालय, ३ सय ८४ एटीएमलगायत १ हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।

काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेड र इशान बाल तथा महिला अस्पतालबीच ग्लोबल आईएमई बैंकका ग्राहकहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सहमती पत्रमा हस्ताक्षर सम्पन्न भएको छ। 

उक्त समझदारीमा बैंकका प्रमुख बजार अधिकृत दिलिप पोखरेल र अस्पतालका प्रमुख परिचालन अधिकृत श्रीराम पन्तले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार अस्पतालले बैंकका डेबिट/क्रेडिट कार्ड एवं बैंकको मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्ताहरुलाई औषधी उपचारका लागि अस्पतालमा १० प्रतिशतसम्म छुट प्रदान गर्नेछ। 

अस्पतालले बैंकका ग्राहकहरुलाई अस्पतालको शैया शुल्क, अस्पताल सेवाहरुः डायगोनेस्टिक, ओपीडीलगायतका सेवाहरुका साथै आकस्मिक सेवाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्नेछ। 

'यस साझेदारी पश्चात् ग्लोबल आईएमई बैंकका ग्राहकहरुले गुणस्तरीय स्वास्थ्य सेवा सुबिधाहरु उचित दरमा प्राप्त गर्ने र अस्पतालले स्वास्थ्य सेवा तथा सुविधाहरु विस्तार गर्न ग्लोबल आईएमई बैंकसँग सहकार्य गर्न पाउँदा खुसी छौँ', इशान अस्पतालका निर्देशक प्रो.डा. रामनन्दन पि. चौधरीले भने।

चौधरीले यो पहलले पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने कुरा समेत स्पष्ट पारे। 

यसैगरी, ग्लोबल आईएमई बैंकका प्रमुख बजार अधिकृत दिलिप पोखरेलले, इशान अस्पतालसँगको साझेदारीले बैंकका ग्राहकहरुलाई लाभान्वित गर्ने र बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाको प्रयोगकर्ता वृद्धि हुने विश्वास व्यक्त गरे।

मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको यस बैंकले आफ्ना ३ सय ५४ शाखा कार्यालय, ३ सय ८४ एटीएम, २ सय ७७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको जनाएको छ।


प्रकाशित : आइतबार, साउन ६ २०८११८:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend