आइतबार, भदौ २३ गते २०८१    
images
images

लगानीकर्तामा विश्वास फर्किँदा लगातार उचाइतर्फ सेयर बजार, ६१ अंकको वृद्धिसहित १५ अर्बको कारोबार

प्रधानमन्त्री भन्छन् - यो सरकारप्रतिको विश्वास हो

images
आइतबार, साउन ६ २०८१
images
images
लगानीकर्तामा विश्वास फर्किँदा लगातार उचाइतर्फ सेयर बजार, ६१ अंकको वृद्धिसहित १५ अर्बको कारोबार
images
images

काठमाडौं- गएको साता २१९.६९ अंकको वृद्धि देखिएको सेयर बजारमा यो साता पहिलो कारोबारमा पनि उछाल देखिएको छ। 

images
images
images

नयाँ सरकार गठन भएसँगै लगानीकर्ता उत्साहित देखिँदा बजारमा लगातार वृद्धि देखिएको छ। लगानीकर्ताले विश्वास देखाउँदा कारोबार रकमसमेत उल्लेख्य भइरहेको छ। 

यो साता आइतबार ६१.६१ अंकले बढेर सेयर बजार २४८५.९४ बिन्दुमा पुगेको छ। १८१ कम्पनीको सेयर मूल्य बढेको बजारमा १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार रुपैयाँको कारोबार भएको छ। ५६ कम्पनीको सेयर मूल्य घटेको बजारमा ५ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

लामो समयदेखि १८०० देखि २२०० को बिन्दुबीच उतारचढावमा रहेको बजार अहिले निरन्तर अघि बढिरहेको छ। कुनै दिन करेक्सन देखिए पनि २७०० को बिन्दुसम्म बजारले उचाइतर्फकै गति लिने विश्लेषकहरूले बताइरहेका छन्। अब मौद्रिक नीतिको समेत साथ मिलेमा बजारले नयाँ उचाइ भेट्ने उनीहरूको भनाइ छ। 

images

गएको साता आइतबार सेयर बजार ५२.९७ अंकले बढेर २२५७.५९ बिन्दुमा पुगेको थियो। सोमबार १७.१८ अंकले घटेर २२४०.४१ बिन्दुमा झरेको बजार त्यसयता वृद्धितर्फ नै देखिएको छ। मंगलबार ७०.१८ अंकले बढेको बजार बुधबार ५४.०४ र बिहीबार ५९.६८ अंकले बढेको थियो।   

विश्लेषकहरूका अनुसार विश्वासयोग्य वातावरणको पर्खाइमा रहेका लगानीकर्ताले अब अर्थमन्त्रीले चाल्ने कदमसँगै मौद्रिक नीतिले गर्ने व्यवस्थाहरू पनि नियाल्ने छन्। नीतिगत रुपमा साथ मिलेमा बजार पुन: एकपटक नयाँ उच्च बिन्दुतर्फ बढ्ने विश्लेषकहरू बताउँछन्।

आइतबार संसदमा विश्वासका मत माग्दै सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारप्रतिको विश्वास सेयर बजारमार्फत देखिएको बताए। ‘हाम्रो सरकारप्रति जनताले देखाएको विश्वास र भरोसाको प्रमाण सेयर बजार हो। ५० लाखभन्दा बढी लगानीकर्ता संलग्न सेयर बजार दुई सातामा ४०० अंकभन्दा धेरैले बढेको छ। अब सेयर बजारमात्रै नभएर देशको पूरै बजार चलायमान हुन्छ' उनले भने। 


प्रकाशित : आइतबार, साउन ६ २०८११५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend