शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

टाटा एस ईभीका दुई नयाँ भेरियन्ट सार्वजनिक

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, साउन ६ २०८१
images
images
टाटा एस ईभीका दुई नयाँ भेरियन्ट सार्वजनिक

टाटा एस ईभीको हाल उपलब्ध भेरियन्टको उल्लेखनीय सफलता, बढ्दो माग, बजारको प्रवृति र थप ग्राहकका विविध आवश्यकताहरू पूरा गर्न यी नयाँ मोडलहरू सार्वजनिक गरिएको हो।

images
images

काठमाडौं- भारतको अग्रणी बहुराष्ट्रिय मोटरगाडी उत्पादक कम्पनी टाटा मोटर्स लिमिटेडले नेपालस्थित आफ्नो आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिमार्फत् एस ईभीको दुई नयाँ भेरियन्ट सार्वजनिक गरेको छ। कम्पनीले हालै एस ईभीका सीएलबी र फ्ल्याट बेड नेपाली बजारमा सार्वजनिक गर्दै दिगो गतिशीलता प्रति आफ्नो प्रतिबद्धतालाई सुदृढ गरेको छ।

images
images
images

टाटा एस ईभीको हाल उपलब्ध भेरियन्टको उल्लेखनीय सफलता, बढ्दो माग, बजारको प्रवृति र थप ग्राहकका विविध आवश्यकताहरू पूरा गर्न यी नयाँ मोडलहरू सार्वजनिक गरिएको हो। 

एस ईभी सार्वजनिक गर्दै टाटा मोटर्स कमर्सियल भेहिकतर्फका इन्टरनेसनल बिजनेस हेड अनुराग मेहरोत्रा २०२३ मा लन्च भएदेखि एस ईभीले नेपाली उपभोक्तालाई भरपर्दो र प्रभावकारी समाधानहरू प्रदान गरेको छ बताए। व्यवसायहरूलाई देशव्यापी रुपमा सशक्त बनाउन सहयो गरेको उनको भनाइ छ। 

images

'नेपालमा शून्य-उत्सर्जन सामान ढुवानीलाई सशक्त पार्ने हाम्रो यात्रामा यो विस्तारले अर्थपूर्ण प्रगतिको संकेत गर्दछ साथै हामी विश्वस्त छौं,' उनले भने, 'सिप्रदी ट्रेडिङ प्रालिको बलियो बिक्री र सेवा विशेषज्ञताले टाटा मोटर्सलाई नेपालको व्यावसायिक सवारी उद्योगमा नयाँ बेन्चमार्क कायम राख्न मद्दत गर्नेछ,' उनले भने। 

images

सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले टाटा मोटर्ससँगको सहकार्यमा एस ईभीका दुई नयाँ भेरियन्ट सीएलबी र फ्ल्याटले उपभोक्तालाई थप छनोटको अवसर मिलेको बताए। 'सिप्रदीमा हाम्रो प्रतिबद्धता बिक्री मात्र नभइ, नेपालमा विद्युतीय गाडीको प्रभावकारी सञ्चालनको लागि पूर्ण ‘ईको सिस्टम’ विकास गर्ने छ। यसको लागि कम्पनीले उत्कृष्ट सेवा प्रदान गर्नुका साथै घरमै  चार्जिङ गर्ने पूर्वाधार प्रदान गरेर थप सुविधा दिएको छ,' श्रेष्ठले भने, 'अब अफ-रोड सवारीलाई सहज र सरल पार्न आपतकालीन उद्धार भ्यान सेवा पनि प्रदान गर्नेछ। यी दुई नयाँ गाडीले सफा, दिगो र हरित नेपाल बनाउन ठूलो योगदान पुर्‍याउनेमा हामी विश्वस्त छौँ।'

सेप्टेम्बर २०२३ मा लन्च गरिएको एस ईभीको अपार सफलताका साथ लोकप्रिय बन्दै बिक्री भइरहेको छ। पहिलो ६ महिना काठमाडौंमा मात्रै व्यापक परीक्षण गरिएको एस ईभीका विभिन्न मोडलहरू अहिले पोखरा, इटहरी, नारायणघाट र बुटवलमा उपलब्ध छन्। हाल एस ईभीको मूल्य २२ लाख ९९ हजारमा बिक्री भइरहेको छ। एस ईभी सीएलबीको मूल्य २२ लाख ७९ हजार र एस ईभी फ्ल्याटबेडको २१ लाख ९९ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ। 

प्रयोगकर्ताहरूको घनिष्ट सहकार्यमा सह(विकसित र लगनशीलतापूर्वक विकास गरिएको इकोसिस्टमद्वारा समर्थित एस ईभीले ई(कार्गो मोबिलिटीको लागि समग्र समाधान प्रदान गर्नेमा सिप्रदी विस्वस्त छ। 

समयमै लागत(प्रभावी र प्रभावकारी लास्ट माइल डेलिभरीको मुख्य आवश्यकतालाई सम्बोधन गर्नुका साथै एस ईभीले नेट शून्य कार्बन फुटप्रिन्ट प्राप्त गर्न आफ्ना ग्राहकहरूको भविष्यको प्रतिबद्धता र आकांक्षाहरू पनि पूरा गर्दछ। चौबिसै घण्टा सेवाका लागि एस ईभीका विशेषज्ञहरु सहितको टोली सधै प्रतिबद्ध रहने छ। 


प्रकाशित : आइतबार, साउन ६ २०८११३:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend