शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

एनसीएचएल र आईएमएस सफ्टवेयरबीच नेपालपे क्यूआर इन्टिग्रेटका लागि सम्झौता

आइतबार, साउन ६ २०८१
एनसीएचएल र आईएमएस सफ्टवेयरबीच नेपालपे क्यूआर इन्टिग्रेटका लागि सम्झौता

सम्झौतामा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह र आईएमएसका प्रबन्ध निर्देशक सन्तोष ताम्राकारले हस्ताक्षर गरेका छन्।

काठमाडौं- नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र आईएमएस सफ्टवेयर प्रालिबीच आईएमएसको बिलिङ सफ्टवेयरमा डाइनामिक नेपालपे क्यूआर इन्टिग्रेट गर्नका लागि सम्झौता भएको छ।

उक्त सम्झौतापत्रमा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान र आईएमएसका प्रबन्ध निर्देशक सन्तोष ताम्राकारले हस्ताक्षर गरेका छन्।

यस साझेदारीपश्चात आईएमएसका ग्राहकहरुले आफ्नो बिलिङ सफ्टवेयरमा नेपालपे क्यूआर इन्टिग्रेट गरी आफ्नो तोकिएको बैंक खातामा सोझै भुक्तानी प्राप्त गर्न सक्नेछन्।

यस सेवाको सुरुवातसँगै आईएमएसका बिलिङ सफ्टवेयर प्रयोग गरी मर्चेन्टहरुलाई नेपालपे क्यूआरमार्फत सहजरुपमा भुक्तानी प्राप्त गर्ने सुविधा हुनुका साथै भुक्तानीकर्ताले पनि सजिलै आफ्नो मोबाइल बैंकिङ, वालेट वा कनेक्ट आईपीएसमार्फत भुक्तानी गर्न सक्नेछन्।

आईएमएसले आफ्ना ग्राहकहरुका लागि बिलिङ सफ्टवेयरका साथै सेल्स पीओएस सिस्टम पनि प्रदान गर्दै आएको छ।


प्रकाशित : आइतबार, साउन ६ २०८१११:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend