बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

कामना सेवा विकास बैंक राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२३ बाट सम्मानित

आइतबार, साउन ६ २०८१
कामना सेवा विकास बैंक राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२३ बाट सम्मानित

बैंकले हाल देशैभरका आफ्ना शाखा सञ्जालमार्फत ग्राहकहरुलाई अत्याधुनिक सेवासुविधा प्रदान गर्दै आएको छ।

काठमाडौं- कामना सेवा विकास बैंक चार्टड एकाउन्टेन्ट संस्थाबाट वार्षिक रुपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२३ बाट सम्मानित भएको छ। बैंकले वित्तीय सेवा क्षेत्रतर्फको विधामा प्रदान गरिने सिल्भर अवार्ड प्राप्त गरेको हो।

नेपाल चार्टड एकाउन्टेन्ट संस्था (आईक्यान) ले आर्थिक वर्ष २०२२/२३ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शीता, जवाफदेहीता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरेको हो।

बैंकले आफ्नो १७औँ वार्षिक साधारण सभामा पेस गर्नको लागि तयार गरेको वित्तीय विवरणमा सेयरधनी तथा सरोकारवालाहरुलाई बैंकको विवरण उत्कृष्ट तवरले प्रस्तुत गरेको थियो।

काठमाडौंको दि एभरेष्ट होटलमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई हस्तान्तरण गरेका हुन्।

बैंकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदनले नेपालको तर्फबाट दक्षिण एसियाली स्तरमा आयोजना हुने साफा बीपीए अवार्डका लागि प्रतिस्पर्धा गर्न समेत मनोनित हुने बैंकले जनाएको छ।

बैंकले हाल देशैभरका आफ्ना शाखा सञ्जालमार्फत ग्राहकहरुलाई अत्याधुनिक सेवासुविधा प्रदान गर्दै आएको छ।


प्रकाशित : आइतबार, साउन ६ २०८१११:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend