बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

एनआईसी एसिया बैंक २७औँ वर्षमा प्रवेश

आइतबार, साउन ६ २०८१
एनआईसी एसिया बैंक २७औँ वर्षमा प्रवेश

यस बैंकले गत अर्थिक वर्ष २०८०/८१ मा मात्रै २ अर्ब ८९ करोड भन्दा बढी राजस्व नेपाल सरकारलाई बुझाएको जनाएको छ।

काठमाडौं- एनआईसी एसिया बैंक स्थापनाको २७ वर्षमा पुगेको छ। बैंकले 'बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि' भन्ने नाराका साथ आफ्नो २७औँ वार्षिकोत्सव मनाइरहेको छ।

२७ वर्षमा प्रवेश गरेको अवसरमा बैंक ग्राहक, नियामक निकायहरू, सेयरधनी, कर्मचारीहरूलगायत सम्पूर्ण सरोकारवालाहरुलाई बैंकले आभार व्यक्त गरेको छ।

आगामी दिनहरुमा बैंकले थप विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभवसहितको बैंकिङ सेवा एवम् सुविधाहरु प्रदान गर्दै सबै सरोकारवालाहरुको पहिलो रोजाइको बैंक बनाउने अठोट गरेको छ।

डिजिटल फष्ट बैंक बन्ने अभिप्रायले अग्रसर भइरहेको दाबी गर्ने यस बैंकले आफ्नो भौतिक उपस्थितिलाई समेत दरिलो बनाउँदै स्थापनाकालदेखि हालसम्म आइपुग्दा मुलुकभर ३ सय ६० शाखा कार्यालयहरू, ६ सय ७० एटीएम, १ सय १८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखारहित शाखा सञ्जालबाट लाखौँ ग्राहकसँग जोडिएको दाबी गर्दै आएको छ । 

देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन सफल भएको बैंकले जनाएको छ। 

वित्तीय समावेशीकरणमा सहयोग पुर्‍याउन बैंकले मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरेको छ।

देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्दै आएको यस बैंकले कुल २६ अर्ब ५९ करोड भन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरेको दाबी गरेको छ। 

यस बैंकले गत अर्थिक वर्ष २०८०/८१ मा मात्रै २ अर्ब ८९ करोड भन्दा बढी राजस्व नेपाल सरकारलाई बुझाएको जनाएको छ। 


प्रकाशित : आइतबार, साउन ६ २०८१११:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend