बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

आठ कम्पनीले दिँदै छन् लगानीकर्तालाई १०० प्रतिशतसम्म हकप्रद सेयर

शनिबार, साउन ५ २०८१
आठ कम्पनीले दिँदै छन् लगानीकर्तालाई १०० प्रतिशतसम्म हकप्रद सेयर

काठमाडौं- पछिल्लो समय धमाधम विभिन्न कम्पनीले हकप्रद सेयर निष्कासनको तयारी थालेका छन्। जसका लागि ८ कम्पनीले हकप्रद जारी गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन्। 

बाराही हाइड्रोपावर पब्लिक, पिपुल्स पावर, दोर्दी खोला जलविद्युत कम्पनी, राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रक्सन, रिभर फल्स पावर, सन नेपाल लाइफ इन्स्योरेन्स, शिवश्री हाइड्रोपावर र नेपाल इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएका छन्।

बाराही पब्लिक हाइड्रोपावरले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको छ। कम्पनीले २५ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको छ ।  

त्यस्तै पिपुल्स पावरले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको छ। कम्पनीले ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो।  

त्यस्तै, दोर्दी खोला जलविद्युत् कम्पनीले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको छ। कम्पनीले १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो।  

राप्ती हाइड्रोले पनि हाल कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको छ। कम्पनीले ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।  

त्यसैगरी, रिभर फल्स पावरले पनि हाल कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको छ। यस कम्पनीले ७० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ। 

सन नेपाल लाइफ इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको २७ प्रतिशत अर्थात् १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको छ। 

त्यस्तै, शिवश्री हाइड्रोपावरले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत अर्थात् १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको छ। विक्री प्रबन्धक सिटिजन क्यापिटल लिमिटेड रहेको छ।

त्यसैगरी, नेपाल इन्स्योरेन्स कम्पनीले हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत अर्थात् ६५ लाख ७६ हजार ९३७ दशमलव ७६ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको छ। 


प्रकाशित : शनिबार, साउन ५ २०८१०९:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend