शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

वाइडबडी जहाज खरिदमा लिएको २४ अर्ब ऋण बढेर ३९ अर्ब पुग्यो

images
शुक्रबार, साउन ४ २०८१
images
वाइडबडी जहाज खरिदमा लिएको २४ अर्ब ऋण बढेर ३९ अर्ब पुग्यो

निगमले दुईवटा वाइडबडी जहाज खरिदका लागि कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट १२/१२ अर्ब गरी २४ अर्ब रुपैयाँ २०७४ सालमा ऋण लिएको हो।

images
images

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दुईवटा वाइडबडी जहाज खरिदमा लिएको ऋणको किस्ता र साँवा समयमा नै भुक्तानी गर्न नसक्दा २४ अर्बबाट बढेर ३९ अर्ब रुपैयाँ हाराहारी पुगेको छ।

images
images
images

निगम कार्यकारी अध्यक्ष युवराज अधिकारीले तीन महिनामा वाइडबडी जहाजको किस्ता मात्रै १० करोड तिरिरहेका छन्। निगमले पछिल्लो पटक असारसम्मको वाइडबडीको जम्मा १० करोड आंशिक किस्ता मात्रै तिरेको छ।  

images
images

निगमले दुईवटा वाइडबडी जहाज खरिदका लागि कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट १२/१२ अर्ब गरी २४ अर्ब रुपैयाँ २०७४ सालमा ऋण लिएको हो। तर ऋण लिएको ७ वर्षमा साँवा रकम घट्नु पर्नेमा बढेको बढ्यै छ। २४ अर्ब ऋण बढेर ३८ अर्ब ८४ करोड रुपैयाँ भइसकेको छ। 

images
images

नागरिक लगानी कोषको १२ अर्ब ऋण बढेर २०८१ को असार मसान्तसम्ममा १९ अर्ब ५० करोड रुपैयाँ पुगेको छ। कोषका अनुसार निगमले अहिलेसम्म कुनै पनि समयमा पूर्ण किस्ता र ब्याज रकम तिरेको छैन। निगमका कारण कोषमा नै समस्या सुरु भइसकेको छ। 

यसैगरी निगमले कर्मचारी सञ्चय कोषसँग वाइडबडी जहाज खरिदका लागि १२ अर्ब  रुपैयाँ ऋण लिएको थियो।  उक्त ऋण बढेर १९ अर्ब ३४ करोड भएको छ। समग्रमा दुईवटा संस्थाबाट दुईवटा वाइडबडी जहाज खरिदका लागि लिएको ऋण अहिले बढेर ३८ अर्ब ८४ करोड रुपैयाँ भएको हो। 

यसैगरी कर्मचारी सञ्चय कोषसँग नै दशक अगाडि दुईवटा न्यारोबडी जहाज खरिदका लागि निगमले १० अर्ब ऋण लिएको थियो। उक्त ऋण अहिलेसम्म ५५ करोड मात्रै घटेको छ। न्यारोबडी जहाज खरिदका लागि लिएको ऋण अझै ९ अर्ब ४५ करोड पुगेको छ। 

यसबाहेक पनि निगमका अन्य ऋणहरु छन्। निगमको ऋण ५० अर्ब रुपैयाँभन्दा बढी भइसकेको छ। निगमको सम्पत्तिभन्दा बढी ऋण भइसकेको छ। 


प्रकाशित : शुक्रबार, साउन ४ २०८१०६:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend