आइतबार, भदौ २३ गते २०८१    
images
images

एनसेलका खुद्रा बिक्रेता नगेन्द्रले जिते डिस्कभर बाइक

images
बिहीबार , साउन ३ २०८१
images
images
एनसेलका खुद्रा बिक्रेता नगेन्द्रले जिते डिस्कभर बाइक

यस कार्यक्रमअन्तर्गत देशभर सातै प्रदेशबाट ११ सय जना खुद्रा बिक्रेताहरूले विभिन्न उपहार पाउन सफल भएका छन्।

images
images

काठमाडौं- एनसेलले आफ्ना खुद्रा बिक्रेता र साना पसल गर्ने व्यवसायीहरुलाई प्रोत्साहन तथा सहयोग गर्ने उद्देश्यले सञ्चालन गरेको ‘बिक्रीमा बहार, बिक्रेतालाई उपहार’ योजनाअन्तर्गत झापाका एक बिक्रेताले डिस्कभर बाइक जितेका छन्।

images
images
images

झापाको झापा गाउँपालिका ५, पन्थपाडामा शिव बाबा किराना सञ्चालन गर्दै आएका नगेन्द्रप्रसाद गणेशले एनसेलको उक्त योजनाअन्तर्गत बजाज डिस्कभर बाइक जित्न सफल भएका हुन्।

कम्पनीले आफ्नो च्यानल इकोसिस्टमको प्रत्येक तहलाई सशक्त बनाउने प्रतिबद्धताअनुरुप देशभरका खुद्रा बिक्रेताहरूलाई प्रोत्साहन र पुरस्कृत गर्ने उद्देश्यका साथ यो कार्यक्रम लागु गरेको थियो। बिहीबार विर्तामोडमा आयोजित एक कार्यक्रममाझ कोशी प्रदेशका लागि एनसेलका प्रादेशिक व्यापार प्रबन्धक अम्बर भट्टाचार्यले नगेन्द्रलाई १२५ सीसीको उक्त बजाज डिस्कभर मोटरसाइकल हस्तान्तरण गरेका हुन्।

यस कार्यक्रममा सहभागी भएका खुद्रा बिक्रेताहरूले सिम कार्ड र प्याकहरूको बिक्रीबापत निश्चित प्वाइन्ट आर्जन गर्ने अवसर पाएका थिए। यसरी आर्जन गरिएको प्वाइन्टहरुको आधारमा उनीहरुले ६५ इन्चसम्मका स्मार्टटिभी, स्मार्टफोन, स्मार्टवाच, पावर बैंक र ब्लुटुथ स्पिकरहरू उपहार पाएको एनसेलले जनाएको छ।

images

बम्पर उपहारका रुपमा मोटरसाइकल पाउन आर्जन गरेको प्वाइन्टको आधारमा कुल ४ हजार ७ सय ५४ खुद्रा बिक्रेताहरु मोटरसाइकलका लागि योग्य थिए र विजेता नगेन्द्र गोला प्रथामार्फत छानिएका हुन्। यस कार्यक्रमअन्तर्गत देशभर सातै प्रदेशबाट ११ सय जना खुद्रा बिक्रेताहरूले विभिन्न उपहार पाउन सफल भएका छन्।

यो कार्यक्रमले खुद्रा बिक्रेताहरूलाई सहयोग गर्नुका साथै एनसेलका सेवा र सुविधाहरुको उपलब्धता सुनिश्चित गर्न र खुद्रा बिक्रेताहरूलाई सहयोग प्रदान गर्न जिम्मेवार फिल्ड फोर्स टोलीलाई प्रोत्साहन गर्न पनि केन्द्रित रहेको थियो।

खुद्रा बिक्रेता तथा साना पसल गर्ने व्यवसायीहरूले एनसेल पसल एपमार्फत पनि एनसेलका सेवाहरू बिक्री गर्न सक्छन्।

आफ्ना ग्राहकहरूलाई कनेक्टिभिटीको पहुँचको लाभ सुनिश्चित गर्न एनसेलले नयाँ योजना 'सधैँ अन'मार्फत आम उपभोक्ता र उद्यमी, व्यवसायीहरुलाई पहिलाभन्दा सुलभ शुल्कमा डेटा, भ्वाइस र एसएमएस बन्डल सेवाहरु प्रदान गर्दै आएको छ।

अनावश्यकरुपमा मोबाइलमा ब्यालेन्स नकाटिने, प्रयोग गर्न बाँकी रहेका सेवाहरु पुनः लिँदा थपिएर आउने र बन्डल सेवाहरुका साथ निर्धक्क सेवा पाइने यो योजनाको मुख्य विशेषताहरु रहेका छन्।


प्रकाशित : बिहीबार , साउन ३ २०८११७:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend