बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

सीडीएस एण्ड क्लियरिङ हाउसको कर्मचारी बोनसमा अर्थको कैँची

शुक्रबार, साउन ४ २०८१
सीडीएस एण्ड क्लियरिङ हाउसको कर्मचारी बोनसमा अर्थको कैँची

सीडीएसले  कानूनको बेवास्ता गर्दै कर्मचारीलाई बोनस दिने प्रस्ताव गरेपछि अर्थले कैँची लगाइदिएको हो।

काठमाडौं- सीडीएस एण्ड क्लियरिङ हाउसले कर्मचारीका लागि छुट्याएको बोनस अस्वीकृत भएको छ। सीडीएसले कानूनको बेवास्ता गर्दै कर्मचारीलाई बोनस दिने प्रस्ताव गरेपछि अर्थले कैँची लगाइदिएको हो। 

सीडीएसले आर्थिक वर्ष २०७९/८० को आयकरअघिको नाफाबाट ५ प्रतिशत रकम कर्मचारीका लागि बोनस दिने प्रस्ताव गरेको थियो। कम्पनीले २ करोड ३० लाख २० हजार ९४३ रुपैयाँ बोनस प्रायोजनका लागि छुट्याएको थियो। 

नेपाल स्टक एक्सचेञ्जको पूर्ण स्वामित्व रहेको यो कम्पनीको बोनस अर्थबाट स्वीकृत हुनुपर्छ। यस्तो प्रस्ताव स्वीकृतिका लागि गएको फाइल अर्थले अस्वीकृत गरेको छ। 

बोनस नियमावलीमा प्रतिनस्पर्धी नभएको कम्पनीले आर्जन गरेको नाफाबाट १ प्रतिशतभन्दा धेरै बोनस बाँड्न नपाइने व्यस्था रहेको छ। सीडीएस सरकारले तोकिदिएको एकाधिकार भएको संस्था हो। धितोपत्र कारोबारको सेटलमेन्टका लागि सरकारले तोकिएको उद्देश्यका लागि स्थापना भएको हो। 

नेपाल स्कक एक्सचेन्जको स्वामित्वमा रहेको यो कम्पनीले १ प्रतिशतभन्दा धेरै बोनस बाँड्न नपाइने भएपनि पाँच प्रतिशत छुट्याएको थियो। तर अर्थले त्यसमा कैँची लगाइदिएको छ। 

मेरो सेयर एप्लिकेशन तथा सेयर अभौतीकरणको काम गर्दै आएको सीडीएसले पछिल्लो तीन वर्षमा सबैभन्दा न्यून आम्दानी २०७९/८० मै गरेको थियो। २०७७/७८ मा ९४ करोड आम्दानी गरेको कम्पनीले २०७८/७९ मा १ अर्ब ४ करोड आम्दानी गरेको थियो। कम्पनीको जगेडा कोष बचत भने १ अर्ब २४ करोड पुगेको छ। 

कम्पनीले २०७९/८० मा खुद नाफा ४० करोड ८९ लाख रुपैयाँ गरेको थियो। त्यअसघिका दुई वर्षमा क्रमश: ५८ र ५७ करोड नाफा गरेको थियो। 


प्रकाशित : शुक्रबार, साउन ४ २०८१११:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend