बुधबार, माघ ३० गते २०८१    
बुधबार, माघ ३० २०८१
images
images

महालक्ष्मी विकास बैंकमा क्यूआर कोडबाटै कर्जा आवेदन दिन सकिने

images
बिहीबार , साउन ३ २०८१
images
images
महालक्ष्मी विकास बैंकमा क्यूआर कोडबाटै कर्जा आवेदन दिन सकिने

महालक्ष्मी विकास बैंकले देशभर रहेका आफ्ना १ सय ३ वटा शाखा कार्यालयहरुमार्फत करिब ७ लाख ग्राहकहरुलाई सेवा दिइरहेको छ।

images
images

काठमाडौं- महालक्ष्मी विकास बैंकले आफ्ना सेवासुविधाहरुलाई डिजिटलमैत्री तथा स्वचालित बनाउँदै जाने उद्देश्यअनुरुप क्यूआर  कोडमार्फत कर्जा आवेदन दिन सकिने सुविधाको सुरुवात गरेको छ।

images
images
images

यस प्रकारको सेवा प्रदान गर्नेमा विकास बैंकहरुमा महालक्ष्मी विकास बैंक अग्रणी बनेको बैंकको दाबी छ।

images
images

यसअन्तर्गत कर्जा लिन चाहने ग्राहकहरुले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जालहरु, सम्पूर्ण शाखा कार्यालयहरु तथा पत्रपत्रिकामा रहेको क्यूआर कोड स्क्यान गरी आवेदन दिन सक्नेछन्।

images
images
images

आवदेन गरेपश्चात ग्राहकले रोजेको शाखा कार्यालयबाट कर्जाको सम्पूर्ण कर्जा प्रक्रिया सम्बन्धमा सहजीकरण गर्न सोही शाखा कार्यालयका कर्मचारीले सम्पर्क गर्ने बैंकले जनाएको छ।

बैंकको देशभर १ सय ३ वटा शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन्।


प्रकाशित : बिहीबार , साउन ३ २०८११६:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend