बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

ग्लोबल आईएमई बैंकको ग्राहक संख्या ५० लाख पुग्यो

बिहीबार , साउन ३ २०८१
ग्लोबल आईएमई बैंकको ग्राहक संख्या ५० लाख पुग्यो

बैंकका ११ सयभन्दा बढी सेवा केन्द्रहरू रहेका छन्। हालैमात्र बैंकको निक्षेप ५ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ।

काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडको ग्राहक संख्या ५० लाख नाघेको छ।

विसं २०६३ सालमा स्थापना भएको यो बैंकले स्थापनाको १७ वर्षमै विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर तथा अक्विजिसन गर्दै अधिकांश वित्तीय सूचकहरुमा मुलुककै सबैभन्दा ठूलो वाणिज्य बैंक बन्न सफल भएको छ।

साथै, हालैमात्र बैंकको निक्षेप ५ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। पुँजी, शाखा सञ्जालका साथसाथै कुल निक्षेप र ग्राहक संख्यामा पनि ग्लोबल आईएमई बैंक नेपालका बैंक तथा वित्तीय संस्थाहरुमध्ये पहिलो नम्बरमा रहेको बैंकले जनाएको छ।

मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको यस बैंकले ग्राहकमैत्री सेवाहरु, साना तथा मझौला व्यवसायमा जोड, प्रविधिमैत्री सेवाहरुका साथै उत्तरदायी बैंकिङको अभ्यास गर्दै आम नागरिकको विश्वास जित्दै आएको छ। 

बैंकका ११ सयभन्दा बढी सेवा केन्द्रहरू रहेका छन्। ३ सय ५४ शाखा कार्यालय, ३ सय ८४ एटीएम, २ सय ७७ शाखारहित बैंकिङ सेवाहरू, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरहरू ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत बैंकले आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स भित्र्याउने सुविधा पनि दिँदै आएको छ। बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको जनाएको छ। 


प्रकाशित : बिहीबार , साउन ३ २०८११५:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend