बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

सेयर बजारमा यो साता २१९ अंकको वृद्धि, आउने साता पनि उचाइतर्फ नै लाग्ने संकेत

साताको अन्तिम दिनको कारोबार रकम १५ अर्ब ५४ करोड ८८ लाख

बिहीबार , साउन ३ २०८१
सेयर बजारमा यो साता २१९ अंकको वृद्धि, आउने साता पनि उचाइतर्फ नै लाग्ने संकेत

काठमाडौं- यो साता एकदिन मात्र घटेको सेयर बजारमा बाँकी चार कारोबारमा उछाल देखिएको छ। जसले गर्दा बजारमा यो साता २१९.६९ अंकको वृद्धि देखिएको छ। 

नयाँ सरकार गठन भएसँगै लगानीकर्ता उत्साहित देखिँदा सेयर बजारमा लगातार उल्लेख्य वृद्धि देखिएको छ। आर्थिक वर्ष २०८१/८२ को पहिलो दिनको कारोबारमा मंगलबार उछाल देखिएको सेयर बजारमा बुधबार र बिहीबार पनि हरियाली नै छाएको छ।

बिहीबार ५९.६८ अंकले बढेर २४२४.३२ बिन्दुमा पुगेको छ। १४३ कम्पनीको सेयर मूल्य बढेको बजारमा १५ अर्ब ५४ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ। ९५ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

लामो समयदेखि १८०० देखि २२०० को बिन्दुबीच उतारचढावमा रहेको बजार अहिले निरन्तर अघि बढिरहेको छ। कुनै दिन करेक्सन देखिए पनि २५०० को बिन्दुसम्म बजारले उचाइतर्फकै गति लिने विश्लेषकहरूले बताइरहेका छन्। अब मौद्रिक नीतिको समेत साथ मिलेमा बजारले २७०० को बिन्दु पार गर्ने उनीहरूको भनाइ छ। 

यो साता आइतबार सेयर बजार ५२.९७ अंकले बढेर २२५७.५९ बिन्दुमा पुगेको थियो। सोमबार १७.१८ अंकले घटेर २२४०.४१ बिन्दुमा झरेको बजार त्यसयता वृद्धितर्फ नै देखिएको छ। मंगलबार ७०.१८ अंकले बढेको बजार बुधबार ५४.०४ अंकले बढेको थियो। 

गएको साता ८४.९ अंकले बढेको सेयर बजार त्यसअघिको साता ६७.७५ अंकले बढेको थियो। बजारले वृद्धितर्फको लय समातिरहँदा कुनै दिन करेक्सन देखिए पनि निरन्तर वृद्धितर्फ नै लाग्ने विश्लेषकहरू बताउँछन्। 

अबको बजारमा केही दिन करेक्सन नै देखिए पनि पहिलेजस्तो लगातार नघट्ने र अब नयाँ उचाइतर्फ बढ्ने विश्लेषकहरू बताउँछन्। 

विश्लेषकहरूका अनुसार विश्वासयोग्य वातावरणको पर्खाइमा रहेका लगानीकर्ताले अब अर्थमन्त्रीले चाल्ने कदमसँगै मौद्रिक नीतिले गर्ने व्यवस्थाहरू नियाल्ने छन्। नीतिगत रुपमा साथ मिलेमा बजार पुन: एकपटक नयाँ उच्च बिन्दुतर्फ बढ्ने विश्लेषकहरू बताउँछन्।


प्रकाशित : बिहीबार , साउन ३ २०८११५:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend