मंगलबार, फागुन ६ गते २०८१    
मंगलबार, फागुन ६ २०८१
images
images

उच्च बिन्दुबाट ओरालो लाग्यो सुनको मूल्य, प्रतितोला तीनसयले घट्यो

images
बिहीबार , साउन ३ २०८१
images
images
उच्च बिन्दुबाट ओरालो लाग्यो सुनको मूल्य, प्रतितोला तीनसयले घट्यो

यो साता आइतबार स्थिर रहेको सुनको मूल्यले सोमबार, मंगलबार र बुधबार लगातार रेकर्ड कायम गरेको थियो।

images
images

काठमाडौं- बिहीबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। बुधबार एकैदिन प्रतितोला दुई हजार रूपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य बिहीबार प्रतितोला तीनसय रूपैयाँले घटेको छ।

images
images
images

बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार पाँचसय रूपैयाँ कायम हुँदा तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४८ हजार ८ सय रूपैयाँ तोकिएको छ।

images
images

यो साता आइतबार स्थिर रहेको सुनको मूल्यले सोमबार, मंगलबार र बुधबार लगातार रेकर्ड कायम गरेको थियो।

images
images
images

बुधबार सुन प्रतितोला एक लाख ४९ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो।

बुधबारको तुलनामा चाँदीको मूल्य पनि बिहीबार प्रतितोला ३५ रूपैयाँले घटेको छ। बिहीबार चाँदी प्रतितोला एक हजार ८ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदी तोलामा २० रूपैयाँले बढेर प्रतितोला एक हजार ८ सय ९५ रूपैयाँ पुगेको थियो भने मंगलबार तोलामा १० रूपैयाँले घटेर प्रतितोला एक हजार ८ सय ७५ रूपैयाँमा कारोबार भएको थियो।

आइतबार तोलामा २५ रूपैयाँले घटेको चाँदीको मूल्य सोमबार प्रतितोला १० रूपैयाँले बढेको थियो।


प्रकाशित : बिहीबार , साउन ३ २०८१११:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend