शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

उच्च बिन्दुबाट ओरालो लाग्यो सुनको मूल्य, प्रतितोला तीनसयले घट्यो

बिहीबार , साउन ३ २०८१
उच्च बिन्दुबाट ओरालो लाग्यो सुनको मूल्य, प्रतितोला तीनसयले घट्यो

यो साता आइतबार स्थिर रहेको सुनको मूल्यले सोमबार, मंगलबार र बुधबार लगातार रेकर्ड कायम गरेको थियो।

काठमाडौं- बिहीबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। बुधबार एकैदिन प्रतितोला दुई हजार रूपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य बिहीबार प्रतितोला तीनसय रूपैयाँले घटेको छ।

बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार पाँचसय रूपैयाँ कायम हुँदा तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४८ हजार ८ सय रूपैयाँ तोकिएको छ।

यो साता आइतबार स्थिर रहेको सुनको मूल्यले सोमबार, मंगलबार र बुधबार लगातार रेकर्ड कायम गरेको थियो।

बुधबार सुन प्रतितोला एक लाख ४९ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो।

बुधबारको तुलनामा चाँदीको मूल्य पनि बिहीबार प्रतितोला ३५ रूपैयाँले घटेको छ। बिहीबार चाँदी प्रतितोला एक हजार ८ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदी तोलामा २० रूपैयाँले बढेर प्रतितोला एक हजार ८ सय ९५ रूपैयाँ पुगेको थियो भने मंगलबार तोलामा १० रूपैयाँले घटेर प्रतितोला एक हजार ८ सय ७५ रूपैयाँमा कारोबार भएको थियो।

आइतबार तोलामा २५ रूपैयाँले घटेको चाँदीको मूल्य सोमबार प्रतितोला १० रूपैयाँले बढेको थियो।


प्रकाशित : बिहीबार , साउन ३ २०८१११:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend