शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सिन्धु विकास बैंकका अध्यक्षले दिए चेक धितो राखेर ऋण

बुधबार, साउन २ २०८१
सिन्धु विकास बैंकका अध्यक्षले दिए चेक धितो राखेर ऋण

काठमाडौं- सिन्धु विकास बैंकका तत्कालीन अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले २ करोड ५ लाख रुपैयाँ बराबरको चेक खरिद गरेर सेयर फुकुवा गरी कर्जा दुरुपयोगको मतियार बनेको भन्दै राष्ट्र बैंकले ५ लाख रुपैयाँ जरिबाना गरेको छ।

राष्ट्र बैंकको एकीकृत निर्देशनविपरीत चेकलाई धितो कायम गरी सेयर धितो फुकुवा गर्ने निर्णय सञ्चालक समितिबाट गराएको भन्दै राष्ट्र बैंकले श्रेष्ठलाई ५ लाख रुपैयाँ जरिबानागरी नियामकीय कारबाही गराएको हो। 

यस्तै व्यक्तिगत जमानीमा ऋण प्रवाह गरी कर्जाको साधारण ब्याज मिनाह गरी साँवामात्रै असुलउपर गर्ने निर्णय सञ्चालक समितिबाट गराएको भन्दै तत्कालीन अध्यक्ष श्रेष्ठविरुद्ध राष्ट्र बैंकले कारबाही गरेको हो। 

सञ्चालक समितिका अध्यक्ष श्रेष्ठले बैंकको लगानीकर्ता, निक्षेपकर्ता र सर्वसाधारणको हितविपरीत काम गरेको भन्दै राष्ट्र बैंकले उनलाई नियामकीय कारबाही गरेको हो। 

राष्ट्र बैंकको उक्त कारबाहीसँगै सिन्धु विकास बैंकले उनलाई अध्यक्ष पदबाट हटाएको छ। सिन्धु विकास बैंकको असार १३ गते बसेको सञ्चालक समितिले उनलाई अध्यक्ष पदबाट हटाउने निर्णय गरेको थियो। 

श्रेष्ठलाई अध्यक्ष पदबाट हटाएर बैंकको सञ्चालक समितिले निभा डंगोल श्रेष्ठलाई सञ्चालक समितिको अध्यक्ष नियुक्ति गर्ने निर्णय गरेको थियो। 

तर बैंकले असार १३ गते पठाएको वासेल रिपोर्टमा बैंकको न्यूनतम पुँजीकोष करिब ३२.९ प्रतिशतले घटेर ६.७१ प्रतिशत कायम भएपछि राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाहीसमेत थालेको छ।

शीघ्र सुधारात्मक कारबाहीमा परसँगै राष्ट्र बैंकले कर्मचारी सञ्चय कोषका प्रतिनिधि दामोदरप्रसाद सुवेदीलाई सिन्धु विकास बैंकको अध्यक्ष बनाएको छ। 


प्रकाशित : बुधबार, साउन २ २०८११८:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend