बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

डिजिटल भुक्तानी प्रणालीमा प्रभु बैंक र एवन ग्रेटर नेपाल यातायातबीच सहकार्य

बुधबार, साउन २ २०८१
डिजिटल भुक्तानी प्रणालीमा प्रभु बैंक र एवन ग्रेटर नेपाल यातायातबीच सहकार्य

प्रभु बैंकले नेपालभर रहेका आफ्ना ३ सय ७ शाखा कार्यालयमार्फत ३१ लाखभन्दा बढी ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गरिरहेको छ।

पोखरा- प्रभु बैंक लिमिटेड र एवन ग्रेटर नेपाल यातायात प्राइभेट लिमिटेडबीच नगदरहित भुक्तानी प्रणालीमा सहकार्य भएको छ। ट्याक्सी व्यवसायीहरुको प्रभु बैंकमा रहेको खाताबाट सहजरुपमा रकम झिक्न, आफ्नो खाताको पूर्ण जानकारी मोबाइल एप्लिकेसनबाटै प्राप्त गर्न सक्नेछन्।

विभिन्न बैंक/वित्त तथा अन्य गेट-वेमार्फत रकमान्तर तथा भुक्तानी गर्न, महसुल तथा शुल्क भुक्तानी गर्न, सार्वजनिक यातायातमा हुने भुक्तानीलाई विद्युतीय भुक्तानी प्रणलीमा आबद्ध गराउन प्रभु बैंक र एवनबीच आज सम्झौता भएको हो।

उक्त सम्झौता प्रभु बैंकका गण्डकी प्रदेश, प्रमुख व्यवसाय केन्द्र अधिकृत शान्ति शेरचनको विशेष उपस्थितिमा बैंकका प्रमुख प्रदेश अधिकृत राजु रानामगर तथा एवनका अध्यक्ष अर्जुन पौडेलले हस्ताक्षर गरेका छन्।  

विशेषगरी सार्वजनिक यातायातका सेवाग्राहीहरुले ट्याक्सी चालकहरुसँग रहेको प्रभु बैंकद्वारा उपलब्ध गराइएको क्यूआरमार्फत बिनाझन्झट सजिलै ट्याक्सी भाडा भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ।

व्यवसायमा आबद्ध दुई सयभन्दा बढी ट्याक्सी चालकहरुका लागि बैंकको तर्फबाट क्यूआर, डेबिट कार्ड तथा डिजिटल सचेतनासँग सम्बन्धित सामाग्रीहरु उपलब्ध गराइने कार्यक्रम रहेको बैंकले जनाएको छ।

पर्यटकीय राजधानी पोखरामा सञ्चालित सार्वजनिक यातायातमा हुने विद्युतीय प्रणालीबाट सेवाग्राहीहरु तथा ट्याक्सी व्यवसायीहरु समेत लाभान्वित हुने बैंकले विश्वास लिएको छ।

प्रभु बैंकले नेपालभर रहेका आफ्ना ३ सय ७ शाखा कार्यालयहरु, २ सय ८६ एटीएमका साथै ७० एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरुलाई अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रदान गरिरहेको छ।


प्रकाशित : बुधबार, साउन २ २०८११७:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend