बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

सानिमा बैंकद्वारा सानिमा दीर्घायु बचत खाताअन्तर्गत १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

बुधबार, साउन २ २०८१
सानिमा बैंकद्वारा सानिमा दीर्घायु बचत खाताअन्तर्गत १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

दुर्घटनाका कारण मृत्यु भएका दिनेश कार्कीले सानिमा बैंकको हेटौँडा शाखामा सानिमा दीर्घायु बचत खाता खोलेका थिए।

काठमाडौं- सानिमा बैंकले सानिमा दीर्घायु बचत खाताअन्तर्गत १० लाख रूपैयाँको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ। यस बैंकका खातावाला दिनेश कार्कीको दुर्घटना भइ मृत्यु भएकाले बीमा रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ।

सानिमा बैंकको तर्फबाट हेटौँडा शाखाका शाखा प्रबन्धक रोशन मल्ल र बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको तर्फबाट मार्केटिङ अधिकृत अन्जन कर्मचार्यले संयुक्तरुपमा बीमा रकमको चेक हस्तान्तरण गरेका हुन्।

दुर्घटनाका कारण मृत्यु भएका दिनेश कार्कीले सानिमा बैंकको हेटौँडा शाखामा सानिमा दीर्घायु बचत खाता खोलेका थिए।

सानिमा बैंकले सानिमा दीर्घायु बचत खाताअन्तर्गत १० लाख रूपैयाँको दुर्घटना बीमा, १० हजार रूपैयाँसम्मको ओपीडी भुक्तानी शुल्क सहितको ५० हजार रूपैयाँसम्मको औषधी उपचार बीमा र ५ हजार रूपैयाँको वार्षिक स्वास्थ्य परीक्षण सुविधाका साथै अन्य थुप्रै सेवाहरु प्रदान गर्दै आइरहेको छ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १ सय ३३ वटा कार्यालय तथा १२४ वटा एटीएम सञ्चालनमा रहेका छन्। रासस


प्रकाशित : बुधबार, साउन २ २०८११६:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend