बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

लाभांशसमेत दिन नसक्ने सेन्ट्रल फाइनान्सको सेयर मूल्य १० प्रतिशतले किन बढ्यो?

बुधबार, साउन २ २०८१
लाभांशसमेत दिन नसक्ने सेन्ट्रल फाइनान्सको सेयर मूल्य १० प्रतिशतले किन बढ्यो?

काठमाडौं- पछिल्लो सातादेखि सेयर बजारमा उभार आएको छ। बुधबार पनि सेयर बजार ५४.०४ अंकले बढेर २३६४.६३ बिन्दुमा पुगेको छ। नेप्सेमा सूचीकृत भएका कम्पनीमध्ये २०४ कम्पनीको सेयर मूल्य बढ्दा १२ अर्बको कारोबार भएको छ।

३२ कम्पनीको सेयर मूल्य घटेर ६ कम्पनीको भने स्थिर रहेको बजारमा सेन्ट्रल फाइनान्सको सेयर मूल्य भने १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको सेयर मूल्य बुधबार प्रतिकित्ता ५४.९० रूपैयाँले बढेर ६०३.९० रूपैयाँमा पुगेको छ।

पछिलो ५२ हप्तामा २९८ रूपैयाँ रहेको कम्पनीको सेयर मूल्य अहिले एक वर्षयताकै महँगो भएको छ।

सानो कम्पनीमा सेयर खेलाडीहरुले इन्साइडर ट्रेडिङ गर्ने भएकाले पनि प्रतिफल नदिने कम्पनीको सेयर मूल्यसमेत बढाएर महँगो बनाउने र साना लगानीकर्ता फस्ने तथा फसाउने गरिन्छ। जुन हरेक बुलमा हुँदै आएको छ।

stock 11111.JPG

यस कम्पनीको ९४ लाख ८८ हजार ७ सय ५६ कित्ता सेयर रहेको छ। जसको चुक्ता पुँजी ९४ करोड ८८ लाख रूपैयाँ छ भने पुँजीकरण ५ अर्ब २० करोड रूपैयाँ पुगेको छ।

प्रवर्द्धकहरुको ५४ प्रतिशत सेयर रहेको कम्पनीमा ४६ प्रतिशत सर्वसाधारणको सेयर रहेको छ।

गतवर्ष लाभांश नै नदिएको कम्पनीले आर्थिक वर्ष २०७८/७९ पाँच प्रतिशत लाभांश दिएको थियो भने आर्थिक वर्ष २०७७/७८ मा ११ प्रतिशत लाभांश दिएको थियो। 


प्रकाशित : बुधबार, साउन २ २०८११५:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend