आइतबार, भदौ २३ गते २०८१    
images
images

लगानीकर्तामा विश्वास देखिँदा लगातार उचाइतर्फ सेयर बजार, १२ अर्बको कारोबार

images
बुधबार, साउन २ २०८१
images
images
लगानीकर्तामा विश्वास देखिँदा लगातार उचाइतर्फ सेयर बजार, १२ अर्बको कारोबार
images
images

काठमाडौं- नयाँ सरकार गठन भएसँगै लगानीकर्ता उत्साहित देखिँदा सेयर बजारमा लगातार उल्लेख्य वृद्धि देखिएको छ। आर्थिक वर्ष २०८१/८२ को पहिलो दिनको कारोबारमा मंगलबार उछाल देखिएको सेयर बजारमा बुधबार पनि हरियाली नै छाएको छ।

images
images
images

लामो समयदेखि १८०० देखि २२०० को बिन्दुबीच उतारचढावमा रहेको बजार अहिले निरन्तर अघि बढिरहेको छ। कुनै दिन करेक्सन देखिए पनि २४०० को बिन्दुसम्म बजारले उचाइतर्फकै गति लिने विश्लेषकहरूले बताइरहेका छन्। अब मौद्रिक नीतिको समेत साथ मिलेमा बजारले २७०० को बिन्दु पार गर्ने उनीहरूको भनाइ छ। 

मंगलबार ७०.१८ अंकले बढेर २३१०.५९ बिन्दुमा पुगेको बजार बुधबारसमेत उचाइतर्फ नै लागेको हो। दुई दिनमा गरेर नै बजारमा १२४.२२ अंकको वृद्धि देखिएको छ। 

बुधबार ५४.०४ अंकले बढेर २३६४.६३ बिन्दुमा पुगेको छ। लामो समयपछि बजारले यसरी लगातार उचाइ समातेको हो। बुधबार २०४ कम्पनीको सेयर मूल्य बढेको बजारमा १२ अर्ब ५ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ। ३२ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

images

यो साता आइतबार सेयर बजार ५२.९७ अंकले बढेर २२५७.५९ बिन्दुमा पुगेको थियो। सोमबार १७.१८ अंकले घटेर २२४०.४१ बिन्दुमा झरेको बजार त्यसयता वृद्धितर्फ नै देखिएको छ। 

गएको साता ८४.९ अंकले बढेको सेयर बजार त्यसअघिको साता ६७.७५ अंकले बढेको थियो। बजारले वृद्धितर्फको लय समातिरहँदा कुनै दिन करेक्सन देखिए पनि निरन्तर वृद्धितर्फ नै लाग्ने विश्लेषकहरू बताउँछन्। 

नयाँ सरकार गठनको विषय चलिरहँदा सेयर लगानीकर्ता पनि पर्ख र हेरको अवस्थामा रहेका थिए। अबको बजारमा केही दिन करेक्सन नै देखिए पनि पहिलेजस्तो लगातार नघट्ने र अब नयाँ उचाइतर्फ बढ्ने विश्लेषकहरू बताउँछन्। 

विश्लेषकहरूका अनुसार विश्वासयोग्य वातावरणको पर्खाइमा रहेका लगानीकर्ताले अब अर्थमन्त्रीले चाल्ने कदमसँगै मौद्रिक नीतिले गर्ने व्यवस्थाहरू नियाल्ने छन्। नीतिगत रुपमा साथ मिलेमा बजार पुन: एकपटक नयाँ उच्च बिन्दुतर्फ बढ्ने विश्लेषकहरू बताउँछन्।


प्रकाशित : बुधबार, साउन २ २०८११५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend