शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

एकैदिन प्रतितोला दुई हजार रूपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुग्यो सुन

बुधबार, साउन २ २०८१
एकैदिन प्रतितोला दुई हजार रूपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुग्यो सुन

आइतबार स्थिर रहेर सोमबार र मंगलबार उच्च बिन्दुमा पुगेको सुनको मूल्यले बुधबार नयाँ रेकर्ड कायम गरेको हो।

काठमाडौं- सुनको मूल्य लगातार उकालो लाग्दै तोलाकै एक लाख ४९ हजार ८ सय रूपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो। आइतबार स्थिर रहेर सोमबार र मंगलबार उच्च बिन्दुमा पुगेको सुनको मूल्यले बुधबार नयाँ रेकर्ड कायम गरेको हो।

सोमबार प्रतितोला दुईसय र मंगलबार प्रतितोला ९ सय रूपैयाँले बढेको सुन बुधबार एकैदिन तोलामा दुई हजार रूपैयाँले बढेर उच्च मूल्यमा पुगेको हो। बुधबार तेजाबी सुन प्रतितोला एक लाख ४९ हजार एकसय रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार सुनको मूल्य एक लाख ४६ हजार ९ सय थियो भने मंगलबार प्रतितोला ४७ हजार ८ सय रूपैयाँ कायम थियो।

मंगलबार घटेको चाँदीको मूल्य भने बुधबार पुन: उकालो लागेको छ। 

बुधबार चाँदी तोलामा २० रूपैयाँले बढेर प्रतितोला एक हजार ८ सय ९५ रूपैयाँ पुगेको छ।

मंगलबार चाँदी तोलामा १० रूपैयाँले घटेर प्रतितोला एक हजार ८ सय ७५ रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : बुधबार, साउन २ २०८१११:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend