बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

६४ अर्बको विदेशी लगानी स्वीकृत, सबैभन्दा धेरै चीनबाट

स्वचालित प्रणालीबाट ८ अर्बको लगानी स्वीकृत

मंगलबार, साउन १ २०८१
६४ अर्बको विदेशी लगानी स्वीकृत, सबैभन्दा धेरै चीनबाट

नेपालमा विदेशी लगानी प्रतिबद्धताको आधा पनि लगानी आउँदैन। हालसम्म ५ खर्ब बढीको प्रतिबद्धता आएपनि लगानी २ खर्ब जतिमात्र आएको छ।

काठमाडौं- आर्थिक वर्ष २०८०/८१ मा उद्योग विभागले ६४ अर्ब रुपैयाँ बराबरको विदेशी लगानीका परियोजना स्वीकृत गरेको छ। विभागको तथ्यांकअनुसार गत वर्ष कुल ४ सय ७ परियोजनामा यस्तो लगानी स्वीकृत गरेको हो। 

अघिल्लो वर्षको तुलनामा यो रकम तीनगुणा धेरै हो। गत वर्ष १७ अर्बमात्र लगानी स्वीकृत भएको थियो। 

गएको वर्ष सबैभन्दा धेरै चीनबाट लगानी प्रस्ताव आएको छ। चीनबाट २३ अर्ब रुपैयाँका विभिन्न परियोजना दर्ता भएका छन्। चीनबाट कुल २ सय ७५ वटा एकल र २९ वटा साझेदारी परियोजनामा आएको लगानी प्रस्ताव स्वीकृत भएको हो। 

त्यस्तै दोस्रोमा भारतबाट ३ अर्ब रुपैयाँको लगानी प्रस्ताव बएको छ। यसमा ११ साझेदारी र २२ वटा एकल परियोजना रहेका छन्। त्यस्तै कोरियाबाट १२ अर्ब, सेम्यान आइसल्याण्डबाट १३ अर्ब रुपैयाँको प्रस्ताव आएको छ। 

गत वर्षदेखि सरकारले सुरू गरेको स्वचालित लगानी स्वीकृति विधिबाट ८ अर्ब लगानी स्वीकृत भएको छ। साना लगानीका १ सय ३९ वटा परियोजनाको ८ अर्ब ११ करोड रुपैयाँको विदेशी लगानी स्वीकृत भएको हो। 

नेपालमा विदेशी लगानी प्रतिबद्धताको आधा पनि लगानी आउँदैन। हालसम्म ५ खर्ब बढीको प्रतिबद्धता आएपनि लगानी २ खर्ब जतिमात्र आएको छ। 

गत वर्ष उद्योग विभागले ५६ वटा प्रविधि हस्तान्तरण सम्झौता स्वीकृत गरेको छ भने सेयर खरिदबिक्रीका लागि ६५ वटालाई अनुमति दिएको छ। 

विदेशी लगानीकर्ताको चासो भने साना परियोजनामै रहेको छ। ४ सय ७ वटा परियोजनामा ३ सय ८६ साना रहेका छन् भने १५ वटा मध्यम छन्। त्यस्तै ठूला भने जम्मा ६ वटा रहेका छन्। 


प्रकाशित : मंगलबार, साउन १ २०८११८:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend