शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

सिटिजन्स बैंकको ८.९९ प्रतिशत घर कर्जा योजना सार्वजनिक

मंगलबार, साउन १ २०८१
सिटिजन्स बैंकको ८.९९ प्रतिशत घर कर्जा योजना सार्वजनिक

बैंकका अनुसार यस घर कर्जा सुविधा उपभोग गर्ने ग्राहकहरुलाई निःशुल्क क्रेडिट कार्ड, डेविट कार्ड र पहिलो वर्षको लागि लकर सुविधा शुल्कमा ५० प्रतिशत शर्तसहितको छुट रहेको छ।

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नयाँ आर्थिक वर्ष २०८१/८२ को सुरुवातसँगै 'सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार' योजना सार्वजनिक गरेको छ।

७ वर्षको लागि स्थिर रहने गरी ८.९९ प्रतिशत प्रतिवर्ष घर कर्जा योजना बैंकले मंगलबार सार्वजनिक गरेको हो।

यो योजनाअन्तर्गत कायम रहेको ब्याजदर ७ वर्ष सम्म स्थिर रहने छ। ७ वर्षपछि भने बैंकको प्रचलित औसत मासिक आधार दरमा १५ प्रिमियम दर थप गरी ब्याजदर कायम गरिने बैंकका प्रमुख कर्जा अधिकृत सुमन मुलेपतिले जानकारी दिए।

यस आकर्षक योजनामा सहभागी हुनको लागि नजिकको आफ्नो पायक पर्ने सिटिजन्स बैंकको कुनै पनि शाखा कार्यालयमा पुगेर सुविधा उपभोग गर्न सक्ने बैंकले जनाएको छ।

बैंकका अनुसार यस घर कर्जा सुविधा उपभोग गर्ने ग्राहकहरुलाई निःशुल्क क्रेडिट कार्ड, डेविट कार्ड र पहिलो वर्षको लागि लकर सुविधा शुल्कमा ५० प्रतिशत शर्तसहितको छुट रहेको छ।

बैंकले कर्मचारीको वृद्धि विकासको लागि सातवटै प्रदेशमा रहेको बैंकको आफ्नै भवनमा लर्निङ सेन्टर आरम्भ गरेर काम गरिरहेको छ। देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १ सय ९७ वटा शाखा, १ सय ६० वटा एटीएम, ३ विस्तार काउन्टर र ९८ वटा शाखा रहित बैंकिङ इकाइहरुबाट करिब १८ लाख ग्राहकलाई बैंकले आधुनिक बैंकिङ सेवाहरु प्रदान गरिरहेको छ।


प्रकाशित : मंगलबार, साउन १ २०८११६:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend