सोमबार, माघ २८ गते २०८१    
सोमबार, माघ २८ २०८१
images
images

आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा उछाल, ९ अर्ब १३ करोडको कारोबार

images
मंगलबार, साउन १ २०८१
images
images
आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा उछाल, ९ अर्ब १३ करोडको कारोबार
images
images

काठमाडौं- नयाँ सरकार गठन भएसँगै लगानीकर्ता उत्साहित देखिँदा सेयर बजारमा उल्लेख्य वृद्धि देखिएको छ। आर्थिक वर्ष २०८१/८२ को पहिलो दिन बजारमा उछाल देखिएको हो। आर्थिक वर्ष २०८०/८१ को पहिलो दिन बजार २१४४.१४ बिन्दुमा रहेकोमा अहिले २३१०.५९ बिन्दुमा पुगेको छ। 

images
images
images

लामो समयदेखि १८०० देखि २२०० को बिन्दुबीच उतारचढावमा रहेको बजार अहिले निरन्तर अघि बढिरहेको छ। कुनै दिन करेक्सन देखिए पनि २४०० को बिन्दुसम्म बजारले उचाइतर्फकै गति लिने विश्लेषकहरू बताउँछन्। 

images
images

अर्थमन्त्रीको रुपमा एमाले उपाध्यक्ष पौडेल नियुक्त हुने खबरले आइतबार सेयर बजार ५२.९७ अंकले बढेर २२५७.५९ बिन्दुमा पुगेको थियो। सोमबार १७.१८ अंकले घटेर २२४०.४१ बिन्दुमा झरेको बजार मंगलबार पुन: वृद्धितर्फ नै लागेको छ। सोमबार ८ अर्ब ७३ करोड १४ लाख रुपैयाँको कारोबार भएको थियो भने मंगलबार कारोबार रकम पनि बढेको छ। 

images
images
images

मंगलबार ७०.१८ अंकले बढेर बजार २३१०.५९ बिन्दुमा पुगेको छ। २३४ कम्पनीको सेयर मूल्य बढेको बजारमा ९ अर्ब १३ करोड ८६ लाख रुपैयाँको कारोबार भएको छ। बजारमा ८ कम्पनीको सेयर मूल्य भने घटेको छ। 

गएको साता ८४.९ अंकले बढेको सेयर बजार त्यसअघिको साता ६७.७५ अंकले बढेको थियो। बजारले वृद्धितर्फको लय समातिरहँदा कुनै दिन करेक्सन देखिए पनि निरन्तर वृद्धितर्फ नै लाग्ने विश्लेषकहरू बताउँछन्। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई सेयर बजारका लगानीकर्ताहरू विश्वासिलो पात्रका रुपमा लिन्छन्। जसले गर्दा अब बजारले वृद्धितर्फकै बाटो लिने विश्लेषणमा बल पुगिरहेको छ। 

नयाँ सरकार गठनको विषय चलिरहँदा सेयर लगानीकर्ता पनि पर्ख र हेरको अवस्थामा रहेका थिए। अबको बजारमा केही दिन करेक्सन नै देखिए पनि पहिलेजस्तो लगातार नघट्ने र अब नयाँ उचाइतर्फ बढ्ने विश्लेषकहरू बताउँछन्। पुँजी बजारमा देखिएको कमजोर अवस्था बदल्न पौडेल नै सही अर्थमन्त्री हुने संगठित लगानीकर्ताहरूको समेत विश्वास रहेको छ। 

विश्लेषकहरूका अनुसार विश्वासयोग्य वातावरणको पर्खाइमा रहेका लगानीकर्ताले अब अर्थमन्त्रीले चाल्ने कदम नियाल्ने छन्। नीतिगत रुपमा साथ मिलेमा बजार पुन: एकपटक नयाँ उच्च बिन्दुतर्फ बढ्ने विश्लेषकहरू बताउँछन्। विश्लेषकहरूका अनुसार अब नीतिगत संरक्षण र सेयर बजारमैत्री सुधारको पर्खाइमा लगानीकर्ता रहेका छन्। 


प्रकाशित : मंगलबार, साउन १ २०८११५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend