आइतबार, भदौ २३ गते २०८१    
images
images

नागरिक लगानी कोषका सहभागीलाई थप प्रतिफल वितरण

साउन १ गतेदेखि ब्याजदर परिवर्तन

images
मंगलबार, साउन १ २०८१
images
images
नागरिक लगानी कोषका सहभागीलाई थप प्रतिफल वितरण

यो योजनाको ८० प्रतिशत ऋण सापटीको ब्याजदर ८ प्रतिशत निर्धारण भएको छ। यसअघि यसको ब्याजदर ८.५ प्रतिशत रहेको थियो।

images
images

काठमाडौं- नागरिक लगानी कोषले कर्मचारी बचत वृद्धि अवकाश कोषका सहभागीहरुलाई नियमित ब्याजका अतिरिक्त आर्थिक वर्ष २०७९/८० को नाफाबाट १ दशमलव २५ प्रतिशत थप प्रतिफल दिने भएको छ। 

images
images
images

कोष सञ्चालक समितिले उक्त प्रतिफल दिने निर्णय गरेको हो। आव  २०७९/८० को नाफाबाट तत्कालीन सहभागीहरुलाई २०७९ चैत मसान्तसम्मको मौज्दातमा उक्त प्रतिफल दिइने छ। 

यसरी प्रतिफल वितरण गर्दा बचत वृद्धि अवकाश कोषका साढे ३ लाख सहभागीहरुलाई करिब १ अर्ब ६६ करोड रुपैयाँ वितरण हुने कोषका सूचना अधिकारी उद्धव सिलवालले बताए।  

ब्याजदर परिवर्तन, कुन योजनाको कति?

images

कोष सञ्चालक समितिको निर्णयअनुसार चालु आवको साउन १ देखि ब्याजदर परिवर्तन भएको छ। परिवर्तित ब्याजदरअनुसार कर्मचारी बचत वृद्धि अवकाश कोषका सहभागीलाई दिइने ब्याजदर ६.५० प्रतिशत कायम भएको छ। 

यो योजनाको ८० प्रतिशत ऋण सापटीको ब्याजदर ८ प्रतिशत निर्धारण भएको छ। यसअघि यसको ब्याजदर ८.५ प्रतिशत रहेको थियो। 

नागरिक एकांक योजनाको संस्थागततर्फ ब्याज ७ प्रतिशत र व्यक्तिगततर्फ ७.५० प्रतिशत निर्धारण गरिएको छ। यसैगरी उपदान तथा पेन्सन योजनामा ५.५०, लगानीकर्ता अवकाश कोष योजनामा ५.५०, नार्क बीमा कोषमा ६ र राष्ट्रसेवक जीवन बीमा कोषको ५.५० प्रतिशत ब्याजदर कायम गरिएको छ।

कर्जाको ब्याजदर तर्फ शैक्षिक कर्जाको हकमा ८.५०, आवास कर्जामा ८.५०, सरल कर्जामा ९, र सवारी कर्जामा ९ प्रतिशत कायम भएको छ। यसपूर्व शैक्षिक कर्जामा ९.५०, आवास कर्जामा ९, सरल कर्जामा ९.५० र सवारी कर्जामा ९.५० प्रतिशत ब्याजदर रहेको थियो।

कोषले सहभागीहरुलाई प्रदान गर्ने ब्याज र कर्जामा लिने ब्याजदर प्रत्येक त्रेमासमा पुनरावलोकन गर्ने गरेको छ। 


प्रकाशित : मंगलबार, साउन १ २०८११४:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend