शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

सुनको मूल्यमा लगातार रेकर्ड, आज प्रतितोला ९ सय रूपैयाँले बढ्यो

images
मंगलबार, साउन १ २०८१
images
images
सुनको मूल्यमा लगातार रेकर्ड, आज प्रतितोला ९ सय रूपैयाँले बढ्यो

मंगलबार चाँदी तोलामा १० रूपैयाँले घटेर प्रतितोला एक हजार ८ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ।

images
images

काठमाडौं- लगातार उकालो लागिरहेको सुनको मूल्य मंगलबार हालसम्मकै उच्च कायम भएको छ। 

images
images
images

यो साता आइतबार स्थिर रहेर सोमबार हालसम्मकै उच्च कायम भएको सुनको मूल्य मंगलबार एकैदिन प्रतितोला ९ सय रूपैयाँले बढेर कीर्तिमानी बिन्दुमा पुगेको हो। मंगलबार सुन प्रतितोला एक लाख ४७ हजार रूपैयाँ नाघेको छ।

मंगलबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४७ हजार ८ सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ४७ हजार एकसय रूपैयाँमा कारोबार भइरहेको छ।

images

सोमबार सुन एक लाख ४६ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो।

images

आइतबार घटेर सोमबार सामान्य बढेको चाँदीको मूल्य भने मंगलबार पुन: ओरालो लागेको छ। 

मंगलबार चाँदी तोलामा १० रूपैयाँले घटेर प्रतितोला एक हजार ८ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार चाँदी तोलामा १० रूपैयाँले बढेर प्रतितोला प्रतितोला एक हजार ८ सय ८५ रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : मंगलबार, साउन १ २०८१११:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend