शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

पर्यटन उद्योगमा लगानी प्रतिबद्धता ५ अर्बले बढ्यो, ७ परियोजनामा मात्रै अर्बमाथिको लगानी

१३४ परियोजनामा ३० अर्ब ५३ करोडको लगानी प्रतिबद्धता

images
मंगलबार, साउन १ २०८१
images
पर्यटन उद्योगमा लगानी प्रतिबद्धता ५ अर्बले बढ्यो, ७ परियोजनामा मात्रै अर्बमाथिको लगानी

गत आवमा लगानी प्रतिबद्धता आएको परियोजनाको संख्या बढेको छ। परियोजनाको संख्या बढेपनि लगानी प्रतिबद्धता रकम सोही अनुपातमा भने बढेको छैन।

images
images

काठमाडौं- गत आर्थिक वर्ष २०८०/०८१ मा पर्यटन उद्योगमा उद्योग विभागमार्फत आउने लगानी प्रतिबद्धता बढेको छ। विभागले दिएको तथ्यांकअनुसार २०७९/०८० को तुलनामा गत आर्थिक वर्ष २०८०/०८१ मा पर्यटन उद्योगमा लगानी प्रतिबद्धता बढेको हो।

images
images
images

पर्यटन उद्योगमा ५ अर्बको लगानी प्रतिबद्धता बढेको छ। गत आर्थिक वर्षमा विभागमार्फत पर्यटन उद्योगमा १ सय ३४ वटा उद्योगमा ३० अर्ब ५३ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको छ। २०७९/०८० मा पर्यटन उद्योगतर्फमा ७६ परियोजनामा २५ अर्ब २७ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको थियो। 

images
images

गत आवमा लगानी प्रतिबद्धता आएको परियोजनाको संख्या बढेको छ। परियोजनाको संख्या बढेपनि लगानी प्रतिबद्धता रकम सोही अनुपातमा भने बढेको छैन।

images
images

विभागका अनुसार गत आवमा ७ वटा परियोजनामा मात्रै एक अर्बमाथिको लगानी प्रतिबद्धता आएको छ। जसमा एउटा एउटा केबलबार परियोजनामा २ अर्बको प्रतिबद्धता रहेको छ। प्रभु केबलकार ग्रुपले चितवनको इच्छाकामनामा २ अर्ब रुपैयाँको लगानीमा केबलबार परियोजना सञ्चालन गर्ने गरी उद्योगमा आएको छ।

यसैगरी व्यवसायी राजेन्द्र शाक्यको होटल म्यासिफ प्रालिमा पनि अर्बभन्दा माथिको लगानी प्रतिबद्धता रहेको छ। यो गत आवमा पर्यटन परियोजनामा सबैभन्दा बढी लगानी प्रतिबद्धतासँगै उद्योग विभागमा दर्ताको भएको परियोजना हो। यो होटलमा ४ अर्ब ८१ करोडको लगानी प्रतिबद्धता आएको छ।

उक्त होटलमा ४ सय ७५ बेड रहने छ। होटल ललितपुरको ग्वार्को चोकमा निर्माण भइरहेको छ। स्रोतका अनुसार शाक्यले होटल निर्माणकै क्रममा केही सेयर बिक्रीका लागि लगानीकर्ता समेत खोज्दै हिँडेका छन्। 

यसैगरी गत आवमा नै दुर्गा प्रसाईंले निर्माण गरिरहेको ‘होटल एट्रियम’  विभागमा दर्ता भएको छ। होटलमा २ अर्ब ८४ करोड लगानी प्रतिबद्धता रहेको छ। होटलको संरचना निर्माणको काम अन्तिम चरणमा पुगिसकेको छ। होटलमा १ सय बेड तथा २ सय क्षमताको रेष्टुराँसमेत निर्माण हुनेछ।

मेडिकल व्यवसायी प्रसाईंको होटलमा क्यासिनोसमेत सञ्चालन हुने गरी संरचना निर्माण हुनेछ। ६ बिघा जमिनमा होटल निर्माण भइरहेको छ। क्यासिनो, बैंक्वेटसहित पाँचतारे होटलमा हुनुपर्ने सम्पूर्ण सेवा तथा सुविधा होटलमा उपलब्ध हुनेछन्। व्यवसायी प्रसाईंले आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी होटल सञ्चालनमा ल्याउन लागेका हुन्।

यसैगरी रुपन्देहीमा नै १ अर्ब ८५ करोड रुपैयाँको लगानी प्रतिबद्धतासँगै बुद्ध होटल प्रालि विभागमा दर्ता भएको छ। होटलमा २ सय बेड रहने छ। होटलले वातावरणीय प्रभाव मूल्यांकनसमेत गरिसकेको छ। होटलमा सतप्रतिशत नेपाली लगानी प्रतिबद्धता रहेको छ।

यसैगरी १ अर्ब १६ करोडको लगानी प्रतिबद्धतासँगै होटल म्यानेजमेन्ट कम्पनीसमेत विभागमा दर्ता भएको छ। वाटफोर्ड होटल म्यानेजमेन्ट प्रालि विभागमा दर्ता भएको छ। ९२ वेड क्षमताको होटल निर्माण हुने छ।

यसैगरी रुपन्देहीमा नै ४ अर्ब ११ करोड रुपैयाँको लगानी होटल सञ्चालन हुने गरी एउटा परियोजना वेदा हस्पिटालिटी दर्ता भएको छ। कम्पनीले २ सय ७० वेड क्षमताको होटल निर्माण गर्ने गरी उद्योगमा दर्ता भएको छ।

यसैगरी १ अर्ब १५ करोड रुपैयाँ लगानी प्रतिबद्धतासँगै केटीएम हस्पिटालिटी उद्योग विभागमा दर्ता भएको छ।

यसैगरी २ अर्बको लगानी प्रतिबद्धतासँगै यक्ष हस्पिटालिटी पनि उद्योग विभागमा दर्ता भएको छ। परियोजनामा १ सय १५ बेडको होटल निर्माण हुनेछ। 


प्रकाशित : मंगलबार, साउन १ २०८१११:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend