शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

एमजी फोर ईभी पुग्यो अपर मुस्ताङको कोरला नाका

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार ३१ २०८१
एमजी फोर ईभी पुग्यो अपर मुस्ताङको कोरला नाका

एमजी फोर ईभीले कोरला नाकाको ४ हजार ६ सय ६० मिटरको उचाइ पूरा गर्न सफल भएको हो।

काठमाडौं- एमजी मोटर्सले नेपालमा आफ्नो बलियो प्रतिष्ठा प्रदर्शन गर्दै अर्को लोकप्रिय उपलब्धी हासिल गरेको छ।

भरोसायोग्य हुनुका साथसाथै प्रसिद्ध बनेको प्रमुख मोडल एमजी फोर ईभीले मुस्ताङको कोरला नाकासम्मको यात्रा सफलतापूर्वक पूरा गरेको छ। एमजी फोर ईभी कोराला नाकाको ४ हजार ६ सय ६० मिटरको उचाइ पूरा गर्न सफल भएको हो। 

एमजी फोर चलाउने धिरेनमान श्रेष्ठ सो कार लिएर कोराला नाका पुगे। यात्रामा लागिएको एमजी फोर ईभीबारे श्रेष्ठले गाडीको असाधारण शक्ति, क्षमताकै कारण मुस्ताङको कठिन अफरोडसमेत सहजै पुग्न सम्भव रहेको बताए। 

यसका फाइभ लिंक रेयर इन्डिपेन्डेन्टि सस्पेन्सन, रेयर ह्वील ड्राइभ र स्टिफ सस्पेन्सन प्रणालीमा भएकैले सो यात्रामा सफलता पाएको उनले बताएका छन्। यात्रामा एमजी फोर ईभीको ब्याट्री क्षमता, रिजेनेरेटिभ  ब्रेकिङ प्रणालीलगायत कारणले सहजता दिलाउने उनको भनाइ छ।

mg 4 in corolla1.jfif

एमजी मोटर्स नेपालले यसलाई महत्वपूर्ण उपलब्धिका रुपमा लिएको जनाएको छ। जसले विद्युतीय सवारी बजारमा एमजीको अगुवाइलाई प्रमाणित गर्दै नवीन प्रविधिले यसमा महत्वपूर्ण भूमिका खेलेको छ।  

अपर मुस्ताङको यात्राअघि श्रेष्ठ हेटौँडा-काठमाडौं राजमार्ग र कालिन्चोकमा एमजी फोर ईभी लिएर गइसकेका थिए। उनको यस यात्राले एमजी फोर ईभी सहरी क्षेत्रमा मात्र नभइ हरेक खालको भूगोलमा जानसक्ने पुष्टी पनि गरेको छ। 

२०२२ यता विश्वस्तरीय रुपमा प्रमाणित हुँदै आएपछि एमजी फोर ईभीले २०२४ मा 'ओभर अल कर अफ द इयर'को मल्टिपल टाइटलहरू जितेको छ।

त्यस्तै २०२३ को 'बेस्ट भ्यालु कार अफ द इयर', २०२३ को 'कार अफ द इयर', २०२२ को 'बेस्ट भ्यालु ईभी कार' र 'टप गेयर अवार्ड २०२२' प्राप्त गरेको छ।  


प्रकाशित : सोमबार, असार ३१ २०८११६:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend