शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

हुन्डाई फेस्टिभ डिलाइट २०८० : विजेता सुनसरीका इन्द्रप्रसादले जिते हुन्डाई एक्सटर

सोमबार, असार ३१ २०८१
हुन्डाई फेस्टिभ डिलाइट २०८० : विजेता सुनसरीका इन्द्रप्रसादले जिते हुन्डाई एक्सटर

सुनसरीका इन्द्रप्रसाद गुरागाईँ लक्की ड्रमार्फत 'हुन्डाई फेस्टिभ डिलाइट २०८०' अफरको बम्पर विजेता घोषित भएका छन्।

काठमाडौं- हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैँ-तिहारको उपलक्ष्यमा ल्याएको 'हुन्डाई फेस्टिभ डिलाइट २०८०' अफरको बम्पर विजेताको नाम घोषणा गरेको छ।

सो अफरअनुरुप हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले ६ लाखसम्मको आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा तथा सडक कर, त्यसैगरी स्क्रयाच कार्डमार्फत थप १ लाखसम्मको नगद छुट र बम्पर उपहारअन्तर्गत लक्की ड्रमार्फत १ जना विजेतालाई हुन्डाई एक्सटर जित्ने मौका थियो।

'हुन्डाई फेस्टिभ डिलाइट २०८०' अफरको विजेताको घोषणा हुन्डाई नेपालको फेसबुकमा लक्की ड्रमार्फत २०८१ असार ३१ गते ११ बजे गरिएको थियो। सो कार्यक्रमको मुख्य अतिथिमा कनज्युमर आई नेपालकी अध्यक्ष बिमला खनाल थिइन्।

'हुन्डाई फेस्टिभ डिलाइट २०८०' अफरअनुरुप बम्पर लक्की ड्रअन्तर्गत सुनसरीका इन्द्रप्रसाद गुरागाईँ, कुपन नम्बर ५३, अलायन्स मोटर्स प्रालि, हुन्डाई विर्तामोडका ग्राहकले हुन्डाई एक्सटर जितेका छन्।

लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकका निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ। 'हुन्डाई फेस्टिभ डिलाइट २०८०' योजनामार्फत पनि ग्राहकहरुलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने लक्ष्यका साथ आयोजना गरिएको कम्पनीले जनाएको छ।


प्रकाशित : सोमबार, असार ३१ २०८११३:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend