शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

कामना सेवा विकास बैंकद्वारा कञ्चन हरैया लायन्स आँखा हस्पिटललाई वाटर डिस्पेन्सर हस्तान्तरण

सोमबार, असार ३१ २०८१
कामना सेवा विकास बैंकद्वारा कञ्चन हरैया लायन्स आँखा हस्पिटललाई वाटर डिस्पेन्सर हस्तान्तरण

बैंकका गरगरे शाखा प्रमुख बाबुराम रेग्मीले हस्पिटलको निवर्तमान अध्यक्ष गणेश आचार्यलाई हस्तान्तरण गरेका हुन्।

काठमाडौं- कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कञ्चन हरैया लायन्स आँखा हस्पिटललाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ।

बैंकका गरगरे शाखा प्रमुख बाबुराम रेग्मीले हस्पिटलको निवर्तमान अध्यक्ष गणेश आचार्यलाई हस्तान्तरण गरेका हुन्।

कञ्चन हरैया लायन्स आँखा हस्पिटलको निवर्तमान अध्यक्ष गणेश आचार्यले समाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरिएको कार्यक्रममा हस्तान्तरण गरिएको वाटर डिस्पेन्सर अति आधारभूत आवश्यकता रहेको, साथै हस्पिटल आउने आम बिरामीले प्रत्यक्ष सेवा लिन पाउने भन्दै कार्यक्रमको प्रमुख अतिथि कञ्चन गाँउपालिकाको अध्यक्ष नवराज ढकालले धन्यवाद ज्ञापन गरे।

उक्त कार्यक्रममा बैंक र अस्पतालका कर्मचारीलगायतको उपस्थिति रहेको थियो।

प्रकाशित : सोमबार, असार ३१ २०८११२:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend