शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

प्रतितोला दुईसय रूपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च कायम

सोमबार, असार ३१ २०८१
प्रतितोला दुईसय रूपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च कायम

सोमबार तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार दुईसय रूपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं- सुनको मूल्य तोलामा दुईसयले बढेर हालसम्मकै उच्च प्रतितोला एक लाख ४६ हजार ९ सय रूपैयाँ पुगेको छ।

गएको शुक्रबार रेकर्ड बिन्दुमा पुगेर आइतबार स्थिर रहेको सुनको मूल्यले सोमबार पुन: कीर्तिमान कायम गरेको हो।

सोमबार तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार दुईसय रूपैयाँमा कारोबार भइरहेको छ।

गत शुक्रबार सुन तोलामा एक हजार ८ सय रूपैयाँले बढेर प्रतितोला १ लाख ४६ हजार ७ सय रूपैयाँ कायम थियो।

आइतबार घटेको चाँदीको मूल्य पनि सोमबार सामान्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार चाँदी तोलामा १० रूपैयाँले बढेर प्रतितोला प्रतितोला एक हजार ८ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : सोमबार, असार ३१ २०८१११:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend