आइतबार, भदौ २३ गते २०८१    
images
images

अर्थमन्त्रीमा विष्णु पौडेल आउने चर्चासँगै सेयर बजार २७ महिनायताकै उच्च बिन्दुमा

images
आइतबार, असार ३० २०८१
images
images
अर्थमन्त्रीमा विष्णु पौडेल आउने चर्चासँगै सेयर बजार २७ महिनायताकै उच्च बिन्दुमा

आइतबार सेयर बजार ५२.९७ अंकले बढेर २२५७.५९ बिन्दुमा पुग्दा ७ अर्ब ६२ करोड रूपैयाँको कारोबार भएको छ।

images
images

काठमाडौं- सेयर बजार २७ महिनायताकै उच्च बिन्दुमा पुगेको छ। २०७९ बैशाख २८ गते सेयर बजार २३६९ अंकमा थियो। त्यसयता लगातार घटेर १८ सयदेखि २ हजारको बिन्दु वरपर घुमिरहेको सेयर बजार नयाँ सरकार गठनको चर्चासँगै दुई साता यतादेखि लगातार बढिरहेको छ।

images
images
images

आज प्रधानमन्त्रीको रुपमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियुक्त हुँदैछन्। यता अर्थमन्त्रीको रुपमा एमाले उपाध्यक्ष विष्णु पौडेल नियुक्त हुने करिब सहमति भएसँगै सेयर बजारमा उत्साह छाएको हो। पौडेललाई सेयर बजारमैत्री नेताको रुपमा लगानीकर्ताले हेर्ने गरेका छन्। 

विगतमा १८ सयको उच्च बिन्दु र ३१ सयको उच्च बिन्दुसमेत अर्थमन्त्री पौडेलकै कार्यकालमा भएको थियो। सोहीअनुसार पनि सेयर बजार लगानीकर्ता पौडेलसँग उत्साही हुने गरेका छन्। यता एमालेले पनि पौडेल अर्थमन्त्री पठाउँदा बजारमा सकारात्मक माहोल बन्ने देखेपछि उनी करिब अर्थमन्त्रीमा पक्कापक्की भएको देखिएको छ। 

सोही चर्चाले आइतबार सेयर बजार ५२.९७ अंकले बढेर २२५७.५९ बिन्दुमा पुगेको छ। २ सय १ कम्पनीको सेयर मूल्य बढेको बजारमा ७ अर्ब ६२ करोड रूपैयाँको कारोबार भएको छ। आइतबार ३६ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन।

images

लामो समययता १९०० देखि २००० बिन्दु वरपर घुमिरहेको सेयर बजार झन्डैँ एक वर्षपछि बिहीबार २९.२१ अंकले बढेर २२०४.६१ बिन्दुमा पुगेको थियो। कारोबार रकमसमेत बढेर ७ अर्ब ८ करोड रूपैयाँ पुगेको थियो। सोही निरन्तरता स्वरुप साताको पहिलो दिन आइतबार झनै बढेको छ। 

२०७८ भदौ २ गतेको अधिकतम ३१९९ पुगेको थियो। त्यसपछि लगातार घटेर १८ सयको बिन्दुमा आइपुगेको थियो। 

अहिलेको अर्थतन्त्रको सकारात्मक अवस्था बैंकहरुले ब्याजदर घटाएको लगायत कारणले पनि सेयर बजार उच्च बिन्दुमा जाने संकेत देखिएको छ।वाणिज्य बैंकहरूको ब्याजदर विगत एक वर्षमा २३.४४ प्रतिशतले घटेको छ।

२०८० जेठमा वाणिज्य बैंकहरूको कर्जाको औसत ब्याजदर १२.५३ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको जेठ मसान्तसम्म आइपुग्दा १०.१५ प्रतिशतमा आइपुगेको छ। यस्तै वाणिज्य बैंकहरूको आधारदर गत वर्षको जेठमा १०.१८ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको जेठमा घटेर ८.१७ प्रतिशतमा आएको छ।

साउनमा पनि ब्याजदर घट्ने देखिएको छ। सोही कारण पनि सेयर बजारमा उत्साह देखिएको छ। 


प्रकाशित : आइतबार, असार ३० २०८११५:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend