शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सीजी मोटर्स नेपालकै सबैभन्दा ठूलो चार्जिङ स्टेसन नेटवर्क विस्तारमा आक्रामक

आइतबार, असार ३० २०८१
सीजी मोटर्स नेपालकै सबैभन्दा ठूलो चार्जिङ स्टेसन नेटवर्क विस्तारमा आक्रामक

सर्भिस सेन्टरहरुमा उच्च प्रशिक्षित प्राविधिकहरूले हरेक किङलङ र केवाईसी ईभी भ्यानको ध्यानपूर्वक मर्मत र सेवा गर्ने सुनिश्चित गर्दछ।

काठमाडौं- नेपालको यातायात क्षेत्रमा सीजी मोटर्सले आफ्नो उत्कृष्ट सेवा र व्यापक चार्जिङ स्टेसनहरूको नेटवर्कमार्फत उल्लेखनीय सुधार गर्दै आएको छ। नेपालकै सबैभन्दा ठूलो चार्जिङ नेटवर्क र आफ्नो उत्कृष्ट सर्भिस तथा पार्टस सेवाका कारण सीजी मोटर्सले सर्भिस विस्तार गरिरहेको छ।

सीजी मोटर्सले नेपालभर १ सय ७५ भन्दा बढी चार्जिङ स्टेसनहरू स्थापना गरेको छ, र निकट भविष्यमा त्यति नै चार्जिङ स्टेसन थप्ने योजना रहेको छ। यो व्यापक चार्जिङ नेटवर्कले ग्राहकहरूका लागि निर्वाध यात्रा गर्न सक्ने सुनिश्चित गर्दछ।

बालाजु यातायातका सोमप्रसाद तुलाचन भन्छन्, '१८ वटा सवारीसाधनहरू सहजरूपमा चलिरहेको अवस्थामा, सीजी मोटर्सबाट प्राप्त सहयोग उत्कृष्ट छ। साथै समय समयमा मेरो गाडीहरु काठमाडौंभन्दा बाहिर जाने गरेको छ। सो समयमा मलाई सीजीको चार्जिङ नेटवर्कले सहज यात्रा गर्न सजिलो भएको छ। सीजीको सर्भिस नेटवर्कले गर्दा म झन ढुक्क भएको छु।' 

सीजी मोटर्सले आफ्नो ग्राहकहरूको सन्तुष्टिलाई पहिलो प्राथमिकता दिएको छ। सर्भिस सेन्टरहरुमा उच्च प्रशिक्षित प्राविधिकहरूले हरेक किङलङ र केवाईसी ईभी भ्यानको ध्यानपूर्वक मर्मत र सेवा गर्ने सुनिश्चित गर्दछ।

अन्नपूर्ण यातायातका तोयनाथ पोखरेल भन्छन्, 'सीजी मोटर्सले हाम्रो  भ्यान किन्न र मर्मत गर्न सजिलो बनाइदिएको छ। चार्जिङ स्टेसनहरूको संख्या बढ्दै जाँदा र सेवा शुल्क कम हुनु हाम्रो लागि यो परिवर्तनकारी भएको छ। काठमाडौंमा ३ वटा स्थानमा सीजीको सर्भिस स्टेसन राखेकाले हामीलाई जुन कुनै स्थानहरुबाट सहजै सर्भिस तथा स्पेर उपलब्ध हुने हुँदा हामी ढुक्क छौँ। साथै बजारमा तथा मिडियामा आएका अनेकौँ टिप्पणीको पछाडि नलाग्न अनुरोध गर्दछु।'

सीजी मोटर्सको रोडसाइड असिस्टेन्स सेवा, जसले गर्दा कुनै पनि ठाउँमा, तपाईंको सवारीसाधनलाई छिटो र प्रभावकारी  सेवा तथा सहयोग गर्न कम्पनी सधैँ तयार रहेको छ।

गंगा महासागर यातायातका नारायण श्रेष्ठ भन्छन्, 'किङलङ भ्यानहरूको उच्च ग्राउण्ड क्लियरन्स र गाडीको संरचनाले यातायात सेवाको लागि अब्बल छ। सीजी मोटर्सको बढ्दो सर्भिस पूर्वाधारले हामीलाई थप गाडी खरिद गर्न प्रोत्साहन गरेको छ।' 

सीजी मोटर्सले विश्वसनीय, र वातावरणमैत्री यातायात समाधानहरू प्रदान गर्न अग्रणी बनेको छ। सीजी मोटर्सको नेपालभर १५ भन्दा बढी सर्भिस स्टेसन रहेको छ। विर्तामोड, इटहरी, लाहान, जनकपुर, सिन्धुली, सुर्खेत, विरगञ्ज, हेटौँडा, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढीका साथै काठमाडौंमा, हात्तीवन, चाबहिल र भक्तपुर रहेको छ।


प्रकाशित : आइतबार, असार ३० २०८११२:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend