काठमाडौं- नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर हुँदा चाँदीको घटेको छ।
शुक्रबार प्रतितोला १ हजार ८ सय रूपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आइतबार भने स्थिर रहेको छ।
आइतबारका लागि छापावाल सुन प्रतितोला १ लाख ४६ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार रूपैयाँमा कारोबार भइरहेको छ।
आइतबार चाँदीको मूल्य भने शुक्रबारको तुलनामा घटेको छ। आइतबार चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँ घटैर १ हजार ८ सय ७५ रुपैयाँ कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार चाँदी प्रतितोला १ हजार ९ रूपैयाँमा कारोबार भएको थियो।