आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

सुनको मूल्य एकैदिन १८ सय रुपैयाँले बढ्यो, प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँमा कारोबार

images
शुक्रबार, असार २८ २०८१
images
सुनको मूल्य एकैदिन १८ सय रुपैयाँले बढ्यो, प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँमा कारोबार

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार एक लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

images
images

काठमाडौं- सुनको मूल्य एक हजार ८०० रुपैयाँले बढेर नयाँ उचाईमा पुगेको छ। शुक्रबार सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको हो। 

images
images
images

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार एक लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी तेजावी सुन प्रतितोला एक लाख ४६ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ। यो भन्दा पहिले असार २३ गते सुन एक लाख ४५ हजार ४०० रुपैयाँको उचाईमा थियो।

images
images

बिहीबार छापावाला सुन प्रतितोला एक लाख ४४ हजार ९०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४४ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

images
images

महासंघका अनुसार यस दिन चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ।

आजको बजारमा चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा खरिदबिक्री भईरहेको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार ८८५ रुपैयाँमा खरिद बिक्री भएको थियो।


प्रकाशित : शुक्रबार, असार २८ २०८११२:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend