शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

सुनको मूल्य एकैदिन १८ सय रुपैयाँले बढ्यो, प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँमा कारोबार

शुक्रबार, असार २८ २०८१
सुनको मूल्य एकैदिन १८ सय रुपैयाँले बढ्यो, प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँमा कारोबार

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार एक लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं- सुनको मूल्य एक हजार ८०० रुपैयाँले बढेर नयाँ उचाईमा पुगेको छ। शुक्रबार सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार एक लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी तेजावी सुन प्रतितोला एक लाख ४६ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ। यो भन्दा पहिले असार २३ गते सुन एक लाख ४५ हजार ४०० रुपैयाँको उचाईमा थियो।

बिहीबार छापावाला सुन प्रतितोला एक लाख ४४ हजार ९०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४४ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

महासंघका अनुसार यस दिन चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ।

आजको बजारमा चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा खरिदबिक्री भईरहेको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार ८८५ रुपैयाँमा खरिद बिक्री भएको थियो।


प्रकाशित : शुक्रबार, असार २८ २०८११२:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend