शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

एनसेलले ल्यायो 'बिज सधैँ अन' योजना, यस्ता छन् विशेषता

images
बिहीबार , असार २७ २०८१
images
एनसेलले ल्यायो 'बिज सधैँ अन' योजना, यस्ता छन् विशेषता

अनावश्यकरुपमा मोबाइलमा ब्यालेन्स काटिने, प्रयोग गर्न बाँकी रहेका सेवाहरु पुनः अर्को महिना थपिएर आउने र बन्डल सेवाहरुका साथ महिनाभरी निर्धक्क सेवा पाइने यसको मुख्य विशेषता रहेका छन्।

images
images

काठमाडौं- एनसेलले नेपाली व्यवसाय जगतलाई ध्यानमा राखी विशेषरुपमा डिजाइन गरिएको 'बिज सधैँ अन' योजना सञ्चालनमा ल्याएको छ। नेपाली उपभोक्ताहरूलाई 'सधै अन'मार्फत सशक्त बनाउने आफ्नो प्रतिबद्धता जारी राख्दै ल्याइएको यो योजना फाइभजी भिजनमा आधारित एक अर्को पहल रहेको एनसेलले जनाएको छ।

images
images
images

नेपाली उद्योग, संघ, संस्था, ठूला, साना तथा मझौला व्यवसायहरुलाई आ-आफ्नो क्षेत्रमा सधैँ अनको प्रयोगमार्फत व्यापार, व्यवसाय बढाउन सहयोग पुर्‍याउनु 'बिज सधैँ अन'को उद्देश्य रहेको छ।

images
images

अनावश्यकरुपमा मोबाइलमा ब्यालेन्स काटिने, प्रयोग गर्न बाँकी रहेका सेवाहरु पुनः अर्को महिना थपिएर आउने र बन्डल सेवाहरुका साथ महिनाभरि निर्धक्क सेवा पाइने यसको मुख्य विशेषता रहेका छन्।

images
images

'एनसेलले उद्यमका पीडामर्काहरुलाई सम्बोधन गर्न र उनीहरूलाई आफ्नो व्यापार व्यवसाय बढाउन मद्दत गर्न विभिन्न सोलुसनहरु उपलब्ध गराउन काम गरिरहेको छ। त्यस्ता केही सोलुसनहरु तयार छन् र केही पाइपलाइनमा रहेका छन्,' एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने।

एनसेलले उद्यमी व्यवसायीहरका लागि मासिक रेन्टलमा 'बिज सधैँ अन' प्लानअन्तर्गत चारसय ९९ देखि एक हजार ९ सय ४९ रूपैयाँसम्मका पाँचवटा प्लानहरु ल्याएको छ। यस प्लानमा डेटा भ्वाइस र एसएमएसका साथै लायन्सगेट प्ले र मेरो लगानी एप पनि बण्डल गरिएको छ। लायन्सगेट पब्लिक ट्रेडेड कन्टेन्टमा काम गर्ने विश्वको अग्रणी कम्पनी हो र मेरो लगानी एपले सेयर बजारमा भएको नाफा, नोक्सान ट्रयाक गर्छ।

चारसय ९९ रूपैयाँको प्लानअन्तर्गत ग्राहकले १७ जीबी डेटा, ६ सय मिनेट नेपालभरि कुरा गर्न टक टाइम र ६ सय मिनेट लोकल एसएमएस प्राप्त गर्न सक्नेछन्। त्यस्तै ६ सय ४९ रूपैयाँको प्लानअन्तर्गत ग्राहकले ३० जीबी डेटा, अनलिमिटेड टक टाइम र ६ सय ५० वटा एसएमएस पठाउन सक्नेछन्।

ncell.jpeg

यस्तै ९ सय ९९ रूपैयाँको प्याकअन्तर्गत ग्राहकले ६० जीबी डेटा, अनलिमिटेड टक टाइम र एक हजार वटा लोकल एसएमएस पठाउन पाउनेछन्। सेवाको आवश्यकता धेरै भएका ग्राहकले एक हजार ५ सय ९९ रूपैयाँ र एक हजार ४ सय ४९ रूपैयाँको मासिक प्लान लिन सक्ने एनसेलले जनाएको छ।

यदि ग्राहकले लिएको प्लानअन्तर्गतको सेवाहरु सकिएमा ग्राहकले जम्मा ५ पैसा प्रतिएमबीमा वा १ जीबी डेटाको मात्र ५० रूपैयाँ (बजार शुल्क भन्दा २० गुणा कम शुल्क) मा बुस्टर प्याक खरिद गर्न सक्छन्। बुस्टर प्याकअन्तर्गत नै ग्राहकले ३० रूपैयाँमा १ जीबी डेटा वा ३० मिनेट अल नेपाल लोकल कल प्राप्त गर्न सक्छन् । त्यस्तै, रु ५० मा ग्राहकले २ जीबी डेटा वा ७५ मिनेट नेपालभर लोकल कलको सुविधा प्राप्त गर्न सक्छन्।

यसका साथै 'बिज सधैँ अन' प्लान लिने ग्राहकले स्पेसल सर्भिस लाइन ९००७ र ९८०९००७००० का कल गरी ग्राहक सेवा र प्रिभलेज काउन्टर सुविधा पनि प्राप्त गर्दछन्। बिजनेस तथा पोस्टपेड ग्राहकले *१२३# डायल गरी 'बिज सधैँ अन' प्लानमा सजिलै अपग्रेड गर्न सक्ने एनसेलले जनाएको छ।


प्रकाशित : बिहीबार , असार २७ २०८११४:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend