शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

प्रतितोला ८ सय रूपैयाँले बढ्यो सुनको मूल्य

बिहीबार , असार २७ २०८१
प्रतितोला ८ सय रूपैयाँले बढ्यो सुनको मूल्य

आज चाँदी प्रतितोला एक हजार ८ सय ८५ रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

काठमाडौं- यो साता बुधबार स्थिर रहेको सुनको मूल्य बिहीबार भने प्रतितोला ८ सय रूपैयाँले बढेको छ।

बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४४ हजार ९ सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४४ हजार दुईसय रूपैयाँ कायम रहेको छ।

बुधबार सुन प्रतितोला एक लाख ४४ हजार एकसय रूपैयाँमा कारोबार भएको थियो।

बुधबार प्रतितोला १५ रूपैयाँले घटेको चाँदीको मूल्य पनि बिहीबार प्रतितोला १५ रूपैयाँले बढेको छ।

आज चाँदी प्रतितोला एक हजार ८ सय ८५ रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


प्रकाशित : बिहीबार , असार २७ २०८१११:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend