आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

सञ्चालकहरूको व्यक्तिगत वित्तीय कारोबारमाथि निगरानी बढाउँदै आन्तरिक राजस्व विभाग

images
बिहीबार , असार २७ २०८१
images
सञ्चालकहरूको व्यक्तिगत वित्तीय कारोबारमाथि निगरानी बढाउँदै आन्तरिक राजस्व विभाग

व्यक्तिगत खातामा व्यावसायिक कारोबार गर्न नपाइने व्यवस्था कार्यान्वयनका लागि यस्तो निगरानी आवश्यक पर्ने भन्दै उनीहरूको बैंक खाता, मोबाइल नम्बर, बालेटको खाता सबैमा निगरानी हुनेछ।

images
images

काठमाडौं- उद्योग प्रतिष्ठान तथा व्यावसायिक संस्थाको संस्थागत कारोबारबाहेक लगानीकर्ता तथा सञ्चालकहरूको व्यक्तिगत वित्तीय कारोबारमाथि आन्तरिक राजस्व विभागले निगरानी बढाउने भएको छ। 

images
images
images

व्यावसायिक कारोबारको रकमलाई व्यक्तिगत खातामा जम्मा गर्ने तथा चलाएर करछली भइरहेको पाइएपछि सरकारले यसमा कडाइ गर्ने भएको छ। व्यावसायिक कारोबारको रकमलाई व्यक्तिगत खातामा हाल्न नपाइने नियम ल्याएको विभागले आगामी वर्षदेखि कार्यान्वयनका लागि कडाइ गर्ने भएको छ। 

images
images

यो व्यवस्था कार्यान्वयनका लागि सञ्चालकहरूको व्यक्तिगत वित्तीय विवरणलाई पनि निगरानी गर्ने तयारी विभागले गरेको छ। 

images
images

यो नियम आएपछि कार्यान्वयनका लागि उपलब्ध तथ्यांकमै रहेर विभागले निगरानी बढाउने तयारी गरेको स्रोतको भनाइ छ। आगामी आर्थिक वर्षदेखि जोखिमपूर्ण भनेर पहिचान भएका क्षेत्रबाट निगरानी सुरू हुनेछ। 

पछिल्लो समय रेष्टुरेन्ट, होटल तथा प्रत्यक्ष उपभोक्तासँग कारोबार हुने प्रतिष्ठानमा हुने कारोबार व्यक्तिगत खातामा जम्मा गर्ने गरेको पाइएको थियो। उल्लेख्य कारोबार हुने ठाउँमा पनि व्यक्तिगत खातामार्फत् भुक्तानी फर्स्यौट गर्ने गरेको पाइएको थियो। पछिल्लो समय राजस्व अनुसन्धान तथा प्रहरीले विभिन्न अभियोगमा अनुसन्धान गर्दा यस्तो पाइएको थियो। यही भएर विभागले नयाँ नियम ल्याएको थियो। 

व्यक्तिगत खातामा व्यावसायिक कारोबार गर्न नपाइने व्यवस्था कार्यान्वयनका लागि यस्तो निगरानी आवश्यक पर्ने भन्दै उनीहरूको बैंक खाता, मोबाइल नम्बर, वालेटको खाता सबैमा निगरानी हुनेछ। 

विभागले सञ्चालकहरूको यस्ता व्यक्तिगत वित्तीय विवरणलाई कम्पनीकै अंग मानेर निगरानी बढाउने तयारी गरेको छ। अधिकांश विवरण अहिले नै पेश हुने भएकाले त्यसलाई निगरानी गर्न कठिन नहुने अधिकारीहरूको भनाइ छ। 


प्रकाशित : बिहीबार , असार २७ २०८१०९:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend