आइतबार, भदौ २३ गते २०८१    
images
images

विगत एक वर्षमा वाणिज्य बैंकहरूले कर्जाको ब्याजदर २३ प्रतिशतले घटाए

images
बुधबार, असार २६ २०८१
images
images
विगत एक वर्षमा वाणिज्य बैंकहरूले कर्जाको ब्याजदर २३ प्रतिशतले  घटाए
images
images

काठमाडौं- वाणिज्य बैंकहरूको ब्याजदर विगत एक वर्षमा २३.४४ प्रतिशतले घटेको छ। २०८० जेठमा वाणिज्य बैंकहरूको कर्जाको औषत ब्याजदर १२.५३ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको जेठ मसान्तसम्म आइपुग्दा १०.१५ प्रतिशतमा आइपुगेको छ।

images
images
images

यस्तै वाणिज्य बैंकहरूको आधारदर गत वर्षको जेठमा १०.१८ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको जेठमा घटेर ८.१७ प्रतिशतमा आएको छ।

राष्ट्र बैंकको यस तथ्यांकले बैंक वित्तीय संस्थाले कर्जाको ब्याजदर निरन्तररुपमा घटाइरहेको देखाउँछ। यतिबेला बैंक वित्तीय संस्थाहरूको कर्जा ब्याजदर विगत २८ महिनायताकै न्यून बिन्दुमा आइपुगेको छ। 

वाणिज्य बैंकहरूको कर्जा ब्याजदर घट्नुमा निक्षेपको ब्याजदर मुख्य हात छ। गत वर्षको फागुनयता निरन्तररुपमा निक्षेपको ब्याजदर घटिरहेको छ।

images

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरूको निक्षेपको औषत ब्याजदर घटेर ६.१७ प्रतिशतमा आइपुगेको छ। यता विकास बैंक र वित्त कम्पनीहरूको ब्याजदर पनि निक्षेप र कर्जाको ब्याजदर निरन्तररुपमा घटेको छ। 

विकास बैंकहरूको कर्जाको औषत ब्याजदर गत वर्षको जेठमा १४.४७ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ११.६३ प्रतिशत कायम भएको छ। 

यस्तै वित्त कम्पनीको कर्जाको ब्याजदर विगत १ वर्षयाता १५.०६ प्रतिशतबाट घटेर १२.८५ प्रतिशतमा आइपुगेको छ।

विकास बैंकहरूको निक्षेपको ब्याजदर ९.४५ प्रतिशतबाट घटेर ७.०७ प्रतिशत र वित्त कम्पनीको निक्षेपको ब्याजदर १०.१८ प्रतिशतबाट घटेर ८.२८ प्रतिशत कायम भएको छ।


प्रकाशित : बुधबार, असार २६ २०८११७:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend