शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

सम्हालिँदै निरन्तर हरियालीतर्फ सेयर बजार, ५ अर्ब ७४ करोडको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार २६ २०८१
सम्हालिँदै निरन्तर हरियालीतर्फ सेयर बजार, ५ अर्ब ७४ करोडको कारोबार

काठमाडौं- गएको सातादेखि वृद्धितर्फ लागेर यो साता सोमबारको कारोबार थामिएको सेयर बजार मंगलबार र बुधबार पुन: वृद्धितर्फ लागेको छ। सत्ता गठबन्धन फेरिने भएसँगै त्यसयता सेयर बजारका लगानीकर्ता सम्हालिएका देखिन्छन्।

गएको साता समग्रमा ६७.७५ अंकले बढेको सेयर बजार यो साता पहिलो कारोबारमा आइतबार २१.२७ अंकले बढेको थियो भने सोमबार ४.६२ अंकले घटेको थियो। मंगलबार १५.७९ अंकले बढेको बजार बुधबार पनि पुन: दोहोरो अंककै वृद्धितर्फ लागेको हो। 

बुधबार २३.२५ अंकले बढेर बजार २१७५.४० बिन्दुमा पुगेको छ। १९४ कम्पनीको सेयर मूल्य बढेको बजारमा ५ अर्ब ७४ करोड ४० लाख ८३ हजार रुपैयाँको कारोबार भएको छ। ४६ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

निरन्तर उतारचढावमा रहेको बजारमा सत्ता गठबन्धन फेरिएर नयाँ सरकार गठन हुने भएसँगै लगानीकर्ता उत्साहित हुँदा बजार वृद्धितर्फ नै बढी देखिएको हो।

संघीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमाले सत्ता समीकरणका लागि सहमत भएसँगै नीतिगत साथ पाउने आशमा लगानीकर्ता हौसिएका छन्। फेरिएको सत्ताले लगानीकर्तामैत्री नीति लिने आशमा उनीहरू रहेका छन्। 

अहिलेको वृद्धि केही संगठित लगानीकर्ताको जोडबल मात्र नभएर बजारले उचाइतर्फकै दिशा समाउन थालेको विश्लेषकहरू बताउँछन्।

अब नयाँ सरकार आएसँगै देखिने नीतिगत विषयहरूले बजारलाई गति दिन सक्ने उनीहरूको भनाइ छ। राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत गर्ने व्यवस्थाको पर्खाइमा समेत लगानीकर्ता रहेको उनीहरूको भनाइ छ। 


प्रकाशित : बुधबार, असार २६ २०८११५:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend