शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्यूआर पेमेन्ट सुविधाको निरन्तरता

बुधबार, असार २६ २०८१
महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्यूआर पेमेन्ट सुविधाको निरन्तरता

बैंकले देशभर रहेका आफ्ना १ सय ३ वटा शाखा कार्यालयमार्फत करिब ७ लाख ग्राहकलाई सेवा दिइरहेको छ।

काठमाडौं- महालक्ष्मी विकास बैंकले फोन पेसँगको सहकार्यमा नेपाल आएका भारतीय नागरिकहरुलाई क्युआर मर्चेन्टमार्फत भुक्तानी सेवा प्रदान गर्न मिल्ने अन्तरदेशीय क्युआर पेमेन्ट सुविधालाई निरन्तरता दिएको छ।

यसअन्तर्गत भारतीय नागरिकहरुले भारतीय भुक्तानी सेवा प्रदायकहरु जस्तै भिमपे, पेटीएम, गुगलपे आदिको माध्यमबाट यस बैंकले उपलब्ध गराएको क्यूआर कोडमा स्क्यान गरी नेपालका विभिन्न व्यापारिक स्टोरहरुमा तत्काल, सुरक्षित र सुविधाजनक तरिकाले भुक्तानी गर्न सक्नेछ्न्।

यस्ता कार्यबाट नेपाल र भारतबीच रहेको आर्थिक, सामाजिक तथा पारस्परिक सम्बन्धलाई थप नयाँ उचाइमा पुर्‍याउन र नेपालको आर्थिक तथा पर्यटन विकासमा समेत सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

यसअघि पनि यस बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले नेपाल र भारतबीच अन्तरदेशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर भएको थियो।

साथै नेपाल आउने भारतीय पर्यटकहरुलाई लक्षित गरी उक्त सेवा अझ छिटो, छरितो र भरपर्दो रुपमा प्रदान गर्न यस बैंकले आफ्ना संस्थागत ग्राहकहरुसँग आवश्यक सहकार्य समेत गर्ने जनाएको छ।

डिजिटल भुक्तानीका माध्यमहरुको नवीनतम प्रयोगप्रति बैंक सधैँ प्रतिबद्ध रहेको र नेपालभरका शाखा सञ्जाल तथा मर्चेन्ट नेटर्वकको माध्यमबाट अन्तरदेशीय क्युआर भुक्तानीमा समेत अग्रणी सेवा प्रदायकको रुपमा स्थापित हुने बैंकको विश्वास छ।

बैंकले देशभर रहेका आफ्ना १ सय ३ वटा शाखा कार्यालयमार्फत करिब ७ लाख ग्राहकलाई सेवा दिइरहेको छ। 


प्रकाशित : बुधबार, असार २६ २०८११४:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend