शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

विवादमा परेपछि रिलायन्स स्पिनिङ मिल्सको आईपीओ प्रक्रिया रद्द

बुधबार, असार २६ २०८१
विवादमा परेपछि रिलायन्स स्पिनिङ मिल्सको आईपीओ प्रक्रिया रद्द

काठमाडौं- नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ दिने प्रक्रिया रद्द गरेको छ।

संसदको सार्वजनिक लेखा समितिले बुक बिल्डिङ विधिमार्फत सार्वजनिक निष्कासनका लागि अनुमति दिएसँगै विवादमा परेपछि पाँचवटा प्रश्न सोधेको थियो। प्रश्न सोधेसँगै बोर्डले बुधबार निर्णय गरेर आईपीओ रद्द गरेको हो। 

रिलायन्स स्पिनिङ मिल्सले बिहीबारबाट नै पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ निष्कासन गर्ने तयारी गरेको थियो। आईपीओको अनुमति पाएको १४ दिनमै बोर्डले रद्द गरेको छ।

‘सार्वजनिक लेखा समितिले प्रश्न गरेपछि केही समय रोक्नै पर्ने हुन्छ, सोहीअनुसार बोर्डले निर्णय लिएको हो,’ धितोपत्र बोर्डका प्रवक्ता डा. नवराज अधिकारीले भने। मिडियामा पनि धेरै विषयहरु बाहिरिएकोले ससदीय समितिले चासो दिएपछि बोर्ड तत्कालका लागि रोक्ने निर्णयमा पुगेको प्रवक्ता अधिकारीले बताए। 

यसबारे मंगलबार सार्वजनिक लेखा समितिले एउटा पत्रमार्फत पाँच वटा प्रश्नको जवाफ दिन धितोपत्र बोर्डलाई सात दिनभित्र भनेको थियो। कम्पनीले बुक बिल्डिङ विधिमार्फत संस्थागत लगानीकर्तालाई आईपीओ बिक्री गरिसकेको छ। 

रिलायन्सको सेयर निष्कासन सम्बन्धमा सार्वजनिक लेखा समितिले नेपाल धितोपत्र बोर्डलाई पत्र मंगलबार पत्र काटेको थियो। समितिले काटेको पत्रको जवाफ सात दिनभित्र दिन बोर्डलाई भनेको थियो। 


प्रकाशित : बुधबार, असार २६ २०८११४:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend