शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

नाेट छपाइको जिम्मा चिनियाँ कम्पनीलाई

बुधबार, असार २६ २०८१
नाेट छपाइको जिम्मा चिनियाँ कम्पनीलाई

राष्ट्र बैंकले प्रत्येक वर्ष औसत १ अर्ब ३३ करोड रूपैयाँ बैंक नोट छपाइमा खर्च गर्दै आएको छ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले विभिन्न दरका नोट छपाइका लागि चिनियाँ कम्पनीसँग सम्झौता गरेको छ।

विभिन्न ५ प्रकारका ३५ करोडप्रति नोट छपाइका लागि राष्ट्र बैंकले 'चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन' सँग ठेक्का सम्झौता गरेको हो। ५१ लाख ५८ करोड ८५८ डलर अर्थात् आजको डलर मूल्यअनुसार ६८ करोड ७६ लाख रूपैयाँमा यस कम्पनीसँग ठेक्का सम्झौता भएको राष्ट्र बैंकले जनाएको छ।

अन्य कम्पनीको तुलनामा शून्य मूल्यमा बोलकबोल प्रक्रियामा सहभागी भएकाले राष्ट्र बैंकले नोट छपाइका लागि उक्त कम्पनीलाई जिम्मा दिएको हो। राष्ट्र बैंकले प्रत्येक वर्ष औसत १ अर्ब ३३ करोड रूपैयाँ बैंक नोट छपाइमा खर्च गर्दै आएको छ।

गभर्नर महाप्रसाद अधिकारीले डिजिटल बैंकिङलाई प्राथमिकतामा राख्दै आफ्नो हस्ताक्षर भएको नोट छपाइलाई कम प्राथमिकतामा राख्ने बताए पनि कार्यकालको अन्तिम समयमा नोट छपाइसम्बन्धी ठूलो ठेक्का चिनियाँ कम्पनीलाई दिने निर्णय गरेका हुन्।

पछिल्लो समय राष्ट्र बैंकले नोटको गुणस्तरका कारण नोट छपाइमा भारतलाई भन्दा चीनलाई प्राथमिकता दिँदै आएको छ। यद्यपि नेपाली नोट चाँडै झुत्रो हुनेक्रम रोकिएको भने छैन।

राष्ट्र बैंकले झुत्रा नोटहरु संकलन गरेर त्यसलाई नष्ट गरी त्यसबाट विग्रेट बनाइरहेको छ। 


प्रकाशित : बुधबार, असार २६ २०८११३:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend