शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

निगम कार्यकारी अध्यक्ष अधिकारीको बदमासी : दिनभर अफिसमा सेटिङको काम, बयान छल्न बिरामीको पत्र

६ महिना निलम्बन थप्ने र जरिबाना गर्ने प्राधिकरणको तयारी

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार २६ २०८१
images
निगम कार्यकारी अध्यक्ष अधिकारीको बदमासी : दिनभर अफिसमा सेटिङको काम, बयान छल्न बिरामीको पत्र
images
images

काठमाडौं- नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले छानबीन समिति र नेपाल नागरिक उड्डयन प्राधिकरणको बयान छल्न बिरामी भएको नाटक मञ्चन गरेका छन्।

images
images
images

कानूनी प्रक्रिया नै पूरा नगरी वाइडबडी जहाज इटाली पठाउँदै हवाई सुरक्षामा गम्भीर असर पारेको भन्दै उड्डयन प्राधिकरणले अधिकारीलाई पहिलो चरणको कारबाही गरिसकेको छ। 

images
images

प्राधिकरणले हवाई सुरक्षामा गम्भीर लापरबाही गर्ने अधिकारीलाई एकाउन्टेबल म्यानेजरको जिम्मेवारीबाट हटाएर बयानमा बोलाएको थियो तर अधिकारीले अन्तिम समयमा बिरामी परेको भन्दै पत्र पठाएर बयान छलेका छन्। 

images
images

'बयान छल्नकै लागि अधिकारीले बिरामी भएको नाटक गरेका हुन्', निगम स्रोतले भन्यो, 'सोमबार र मंगलबार त अधिकारी दिनभरी अफिसमा नै छन्। अधिकारी तथा उनको टिम प्राधिकरण तथा विभिन्न निकायबाट वाइडबडी सी-चेक प्रकरणमा भएको गल्तीकमजोरी लुकाउनका लागि प्रमाण लुकाउने तथा कागजपत्र मिलाउने काम गरिरहेका छन।'

यता प्राधिकरणले भने अधिकारीसँग अहिले बिरामी भएको भए कुन दिन कति बजे बयानमा आउने हो त्यसको यकिन मिति मागेर पत्र पठाउने तयारी गरेको छ। प्राधिकरणले बयान छल्ने कोसिस गर्ने अधिकारीलाई थप कारबाहीको तयारी भएको छ। प्राधिकरणले अधिकारीमाथि एकाउन्टेबल म्यानेजर पदमा लगाएको निलम्बनको कारबाही ६ महिना पुर्‍याउने र प्राधिकरण ऐनअनुसार जरिबानाको समेत तयारी गरेको छ। 

अधिकारीले प्राधिकरण मात्रै होइन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादर तामाङले गठन गरेको छानबीन समितिलाई समेत बिरामी भएको भन्दै बयान छलिरहेका छन्। अधिकारीले आफू जानुपर्ने ठाउँमा अरु कर्मचारी पठाएका छन्। अधिकारीले अस्पतालको ओपीडी सेवा लिँदै प्रेसर बढी भएको लिखित कागज डाक्टरबाट लिँदै बयान छल्न उक्त रिपोर्ट पठाउने गरेको मन्त्रालयको स्रोतको भनाइ छ। 

अधिकारीलाई मन्त्रीले छानबीन गर्न गठन गरेको समितिले सबै वाइडबडी सी-चेक र न्यारोबडी जहाज इन्जिन मर्मत तथा भाडामा लिने क्रममा आर्थिक अनियमिता भएको भन्दै बयानका लागि बोलाएको थियो। अधिकारी भने बिरामी भएको भन्दै बयान छल्न लागिपरेका छन्।

मन्त्री तामाङ २८ गतेपछि पदमा नहुने र उनले गठन गरेको कमिटीको त्यसपछि अधिकार नहुने भन्दै दुई दिन बयान छल्न अधिकारी लागिपरेका छन्। तर प्राधिकरणले भने अधिकारीलाई जुनसुकै हिसाबमा बयानमा उपस्थित गराउने भएको छ। बयानमा नआए थप कारबाही हुने प्राधिकरण स्रोतको दाबी छ।


प्रकाशित : बुधबार, असार २६ २०८११३:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend