शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सुनको मूल्य स्थिर, चाँदीको सामान्य घट्यो

बुधबार, असार २६ २०८१
सुनको मूल्य स्थिर, चाँदीको सामान्य घट्यो

बुधबार सुनको मूल्य स्थिर रहँदा चाँदी भने प्रतितोला १५ रूपैयाँले सस्तिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

काठमाडौं- बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य सामान्य घटेको छ।

बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४४ हजार एकसय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४३ हजार चारसय रूपैयाँ कायम छ। सुन मंगलबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

चाँदीको मूल्य भने आज प्रतितोला १५ रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार ८ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदीको मूल्य एक हजार ८ सय ८५ रूपैयाँ कायम थियो। 


प्रकाशित : बुधबार, असार २६ २०८१११:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend