काठमाडौं- सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज मंगलबारका लागि भने १ लाख ४४ हजार १ सय रुपैयाँ निर्धारण भएको छ।
यस्तै सोमबार प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आजका लागि भने १ लाख ४३ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ।
चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेको छ। सोमबार प्रतितोला १ हजार ८ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने १ हजार ८ सय ८५ रुपैयाँ निर्धारण भएको छ।