शनिबार, असोज ५ गते २०८१    
images
images

कुलमान घिसिङको प्रष्टीकरण : आजदेखि उपत्यकाको विद्युत आपूर्तिमा समस्या हुँदैन 

images
शुक्रबार, पुस १६ २०७८
images
images
कुलमान घिसिङको प्रष्टीकरण : आजदेखि उपत्यकाको विद्युत आपूर्तिमा समस्या हुँदैन 

'अहिले ५० वटा ट्रान्सर्फमर इमाडाेल क्षेत्रमा, बानेश्वरका ३० वटा ट्रान्सफर्मर, रत्नपार्क र कालधारा क्षेत्रमा पनि अहिले ट्रान्सर्फमर परिवर्तनकाे काम र मर्मत भइरहेकाे र आज बेलुकासम्म सबै काम सम्पन्न हुने छ।'

images
images

काठमाडौं- विद्युत आपूर्तिमा समस्या देखिएर लगातार बिजुली आउने जाने भइरहँदा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अब समस्या नदोहोरिने बताएका छन्। अहिलेको समस्या ठूलो नभएको भन्दै उनले आफूहरू दीर्घकालीन योजनामा लागिरहेको बताएका छन्। 

images
images
images

'विद्युत आपूर्तिमा समस्या देखिएकाे छ। याे समस्या काठमाडौं उपत्यकामा मात्रै हाे। केही लिमिटेड ठाउँमा मात्रै समस्या आएकाे छ। बेलुकाकाे पिक लाेड १७०० र बिहान १५ सय मेगावाट रहेकाे छ। अहिले फिडरमा समस्या आएकाे हाेइन वितरण ट्रान्सफर्मरमा समस्या हाे', उनले भने। 

'अहिले बिजुली आयात दिउँसाे मात्रै गरिरहेका छाैँ। पिकिङकाे समयमा हाम्रै बिजुलीले धान्छ। अहिले पानी परेपछि लाेड नसाेचिएकाे बढ्याे। उपत्यकामा ३७ सय ट्रान्सफरमर रहेकाे छ। अहिले फिडरमा समस्या आएकाे हाेइन वितरण ट्रान्सर्फमरमा समस्या हाे। १८० किलाेवाट भन्दा वितरण ट्रान्सफरमरले धान्दैन। त्यसलै अहिलेकाे समस्या आएकाे हाे', उनले भने, 'केही फिडरमा पनि आगलागी भएका छन्। त्याे हुँदा केही लामाे समय लाइन जाने समस्या आएको हो।'

दुईतिन महिनामा ३ सय ट्रान्सर्फमर परिवर्तन गरिसकेको भन्दै उनले भने, 'अहिले ५० वटा ट्रान्सर्फमर इमाडाेल क्षेत्रमा, बानेश्वरका ३० वटा ट्रान्सफर्मर, रत्नपार्क र कालधारा क्षेत्रमा पनि अहिले ट्रान्सर्फमर परिवर्तनकाे काम र मर्मत भइरहेकाे र आज बेलुकासम्म सबै काम सम्पन्न हुने छ।'

images

ट्रान्सफर्मर मर्मतको काम सकिएपछि उपत्यकाको समस्या समाधान हुने उनले बताए। 

'अहिले स्थानीयहरुले ट्रान्सफर राख्न अवराेध गरेकाले पनि समस्या आएकाे छ। यसमा सबैकाे सहकार्य आवश्यक रहेकाे छ। विद्युत सप्लाई नै दिन नसकेकाे भन्ने कुरामा सत्यता छैन। उपत्यकामा २ हजार मेगावट धान्न सक्ने गरी ९ वटा सवस्टेशनकाे काम भइरहेकाे छ। चाेभार, मुलपानी, चाँगुनारायण, बालकुमारी, टेकु लगाय ठाउमा टेन्डर लागेर काम भइरहेकाे छ', उनले भने, 'अहिले १३२ केभी लाइन अन्डरलाईनकाे काम भइरहेकाे छ। उपत्यका वरपर २२० केभीकाे रिङ बनाउन पर्ने भएकाेले यसमा पनि काम भइरहेकाेछ। अन्डर ग्राउन्ड फिडरकाे काममा ढिला हुँदा पनि अहिलेकाे समस्या आएकाे छ। आगामी दिनमा उपत्यकामा जति पनि डिमान्ड धान्नेगरी काम अगाडि बढाइएकाे छ।'

प्रणालीले नधानेपछि उपत्यकामा अघोषित लोडसेडिङ

 


प्रकाशित : शुक्रबार, पुस १६ २०७८०७:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend