शनिबार, असोज ५ गते २०८१    
images
images

प्रणालीले नधानेपछि उपत्यकामा अघोषित लोडसेडिङ

मागअनुसार ३५ हजार युनिट बिजुली वितरणमा प्राधिकरण असफल  

images
शुक्रबार, पुस १६ २०७८
images
images
प्रणालीले नधानेपछि उपत्यकामा अघोषित लोडसेडिङ

काठमाडौंको विद्युत आपूर्ति प्रणालीमा वर्षौंदेखि सुधार नभएको विषय अहिले देखिन थालेको छ। प्रणालीमा सुधार नगरेको प्राधिकरणले अहिले उपत्यकामा घोषणाबिनाको लोडसेडिङ सुरू गरेको छ।  

images
images

काठमाडौं- काठमाडौंको विद्युत आपूर्ति प्रणालीमा वर्षौंदेखि सुधार नभएको विषय अहिले देखिन थालेको छ। प्रणालीमा सुधार नगरेको प्राधिकरणले अहिले उपत्यकामा घोषणाबिनाको लोडसेडिङ सुरू गरेको छ।  

images
images
images

उपत्यकाको विद्युत लाइन क्षमताले नधान्ने भएपछि केही ठाउँमा आपूर्ति नै बन्द गरेर अन्य ठाउँमा पठाउने गरी प्रक्रिया मिलाइएको छ। 

अहिले जाडो बढेसँगै विद्युत आपूर्तिको मागसमेत उच्च छ। तर माग बढेअनुसार आपूर्ति प्रणालीले काम नगर्दा बत्ती जाने समस्या बढीरहेको छ। 

केही दिनअगाडि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपत्यकामा आवश्यक ट्रान्सफर्मर राख्न नसक्दा प्रणालीमा समस्या आएको बताएका थिए। तर २०७२ को भूकम्पपछि उपत्यकामा अधिकांश ट्रान्सफर्मर परिवर्तन गरिएको थियो। जसमा उपत्यकाभित्र वितरण प्रणलीमा सुधार गरिएको थियो। विज्ञका अनुसार त्यही प्रणालीले वर्षौं धान्छ भन्ने मानसिकताले काम गर्दा अहिले उपत्यकामा समस्या आएको छ।

images

काठमाडौं उपत्यकामा अहिले बिजुली माग ६० मेगावाटले बढेको छ। उपत्यकाको पुरानो वितरण प्रणालीले ४५० मेगावाटभन्दा बढी विद्युत् प्रसारण गर्न सक्दैन। जब कि भूकम्पपछि ट्रान्सफर्मर खरिद नै हुन सकेको छैन। 

प्राधिकरणका अधिकारीहरूले बिजुली नभएको गुनासो आएमा 'मर्मत हुँदै गरेको' जवाफ दिएर टार्ने गरे पनि अहिले ठाउँ ठाउँमा लाइन काटेर लोड धान्ने व्यवस्था मिलाइएको हो। 

गत शुक्रबार ऊर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले अब उपत्यकामा थप १०/२० मेगावट बिजुली माग भएसमेत थप्ने बाटो नरहेको बताएका थिए।

घिसिङ नेतृत्वमा आएको ६ वर्ष पूरा भइसकेको छ, तर अहिले पनि पुरानै कुरा दोहोर्‍याउँदै हिँड्नु र देखिएको प्रणालीको समस्या मिलाउन नसक्नु समस्याबाट भाग्नु भएको प्राधिकरणकै कर्मचारी बताउँछन्। ‘६ वर्षसम्म उपत्यकाको प्रणालीमा सुधार किन हुन सकेन?, उपत्यकामा त काम एमसीसीले गर्ने होइन होला!’ ती कर्मचारीले भने। 

बिजुलीको प्रणालीको चेन बिग्रिँदा उपत्यकामा मात्रै नभएर देशैभरी समस्या आएको छ। बुधबार मात्रै अहिलेसम्मकै धेरै बिजुलीको माग भएको थियो। जहाँ १ हजार ७ सय मेगावाट विद्युत् माग हुँदा नै प्राधिकरणको वितरण प्रणाली प्रभावित भएको छ।

माग भएअनुसार छैन बिजुली 

अहिले विद्युत् प्राधिकरणले मागभएकै ३५ हजार युनिट बिजुली दिन सकिरहेको छैन। प्राधिकरणका आयोजनाबाट ८९ लाख १ हजार युनिट, प्राधिकरणका सहायक कम्पनीबाट ४५ लाख १४ हजार युनिट, निजी क्षेत्रबाट ९४ लाख ५ हजार युनिट र भारतबाट ७१ लाख ९ हजार युनिटसहित गरेर विद्युत् ऊर्जा प्रयोग गरिएको छ।   

विद्युत् माग उच्च भएपछि लाइन ट्रिपिङ हुँदा ३५ हजार युनिट विद्युतको अधिक माग हुँदाहुँदै पनि आपूर्ति गर्न सकेको छैन। चिसो बढेसँगै विद्युतको उच्चतम माग १ हजार ६ सय ९९ मेगावाट रेकर्ड भएको छ। मंगलबारको तुलनामा बुधबार र बिहीबार चिसो बढ्दा विद्युत् माग पनि यतिबेलै बढेको थियो। तर मंगलबार बेलुका १ हजार ७ सय मेगावाट हाराहारी विद्युत् माग पुग्दा नै उपत्यकासहित देशका विभिन्न ठाउँमा लाइनमा समस्या देखियो। यसअघि विद्युतको उच्चतम माग १ हजार ६ सय ५० मेगावाट हाराहारी मात्रै थियो। 

अहिले विद्युत खपत बढाउन भन्दै ऊर्जामन्त्री पम्फा भुसालदेखि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसमेतले खपत बढाउन आह्वान गर्दै आइरहेका छन्। विद्युतीय चुलोको प्रयोगदेखि अन्य उपकरण निर्धक्क चलाउन उनीहरूले गरिरहेको आह्वानअनुसार विद्युत प्रणालीले काम भने गरिरहेको छैन। 

नेपालमा ८० हजार मेगावाट बिजुली उत्पादन हुन सक्ने विषय उठिरहँदा १७ सय मेगावाट बिजुलीसमेत धान्न नसक्ने प्रणालीको सुधार नहुनु दु:खद भएको प्राधिकरणका अधिकारीहरूको गुनासो छ। अब पुन: प्रणालीमा सुधार नगरी खपत बढाउनेतिर मात्रै केन्द्रित हुने हो भने उपत्यकाबासी पुरानै अँध्यारो युगमा फर्कनुपर्ने जोखिम देखिएको छ। जसले अघोषित लोडसेडिङको अवस्था बढिरहने छ।  


प्रकाशित : शुक्रबार, पुस १६ २०७८०२:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend