शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

ग्लोबल आईएमई बैंक र नास-आईटीबीच दिगो साझेदारीसम्बन्धी सम्झौता, सूचना प्रविधि क्षेत्रको विकासमा सहकार्य गर्ने

सोमबार, असार २४ २०८१
ग्लोबल आईएमई बैंक र नास-आईटीबीच दिगो साझेदारीसम्बन्धी सम्झौता, सूचना प्रविधि क्षेत्रको विकासमा सहकार्य गर्ने

ग्लोबल आईएमई बैंकमा प्रत्यक्ष रुपमा ४८ लाखभन्दा बढी ग्राहकहरुले उत्कृष्ट बैंकिङ सुविधा प्राप्त गरिरहेका छन्।

काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेड र नेपाल एसोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास-आईटी) बिच दिगो साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। 

सम्झौतामा बैंकको नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा नास-आईटीका अध्यक्ष रिचन श्रेष्ठको उपस्थितिमा बैंकका प्रमुख बजार अधिकृत दिलिप पोखरेल र नास-आईटीका कोषाध्यक्ष अभय पौडेलले हस्ताक्षर गरेका छन्।

नेपाल सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को बजेटमा आगामी वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्षको रुपमा मनाउने गरी यस क्षेत्रलाई प्राथमिकतामा राखेको छ।

यो सम्झौता नेपालमा सूचना प्रविधिको विकास, विस्तार र व्यवसायीकरणमा कोसेढुंगा सावित हुने भन्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकले सूचना प्रविधिको क्षेत्रमा गरेको लगानी र प्रयोगहरुको बारेमा समेत बताए। 

७७ जिल्लाको ३ सय ५४ वटा शाखा कार्यालयहरुबाट भौतिकरुपमा बैंकिङ सुविधा प्रदान गरिरहेको ग्लोबल आईएमई बैंकले आफ्नो मोबाईल बैंकिङ, इन्टरनेट बैंकिङ, डिजिटल यूनिभर्स जस्ता प्लाटफर्मले थप पहुँच विस्तार गरेको छ। यस बैंकमा प्रत्यक्ष रुपमा ४८ लाखभन्दा बढी ग्राहकहरुले उत्कृष्ट बैंकिङ सुविधा प्राप्त गरिरहेका छन्।

ग्लोबल आईएमई बैंक नास-आईटीको नवस्थापित दिगो कोषलाई सहयोग गर्ने पहिलो दिगो साझेदार बनेको छ। यस दिगो साझेदारी सम्झौताअन्तर्गत बैंकले नास-आईटीसँग सम्बन्धित संस्था र आबद्ध कर्मचारीहरुको लागि सहज तथा सुलभ तवरले बैंकिङ सेवा प्रदान गर्ने जनाएको छ। साथै एकापसमा पारस्परिक सम्बन्ध तथा सीपमूलक कार्यक्रमहरु आयोजना गरी दुवै संस्था तथा आबद्ध कर्मचारीहरुको ज्ञान, सीप, अनुभव विकास हुने कार्यक्रमहरु अगाडि बढाइने बैंकले जनाएको छ।

बैंक र नास-आईटीको आपसी सहकार्यमा नवाचार र अनुसन्धानलाई प्रवर्द्धन, स्टार्टअपहरू र साना व्यवसायहरूलाई समर्थन, शिक्षा र सीप विकासलाई प्रवर्द्धन, सामुदायिक संलग्नता र सामाजिक जिम्मेवारीलाई प्रोत्साहन गर्ने विश्वास लिइएको छ। 


प्रकाशित : सोमबार, असार २४ २०८११२:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend