शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

प्रभु बैंकका ग्राहक र कर्मचारीलाई टीथ्री थकाली र साइनो तन्दुरीमा १० प्रतिशतसम्म छुट

आइतबार, असार २३ २०८१
प्रभु बैंकका ग्राहक र कर्मचारीलाई टीथ्री थकाली र साइनो तन्दुरीमा १० प्रतिशतसम्म छुट

प्रभु बैंकले देशभर रहेका आफ्ना ३ सय ७ वटा कार्यालयमार्फत ३१ लाखभन्दा बढी ग्राहकरुलाई सेवा प्रदान गरिरहेको छ।

काठमाडौं- प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नजिकै रहेको टीथ्री थकाली र साइनो तन्दुरी एण्ड सेकुवा कर्नरले विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ।

एक समारोहका बिच सम्पन्न सम्झौतामा टीथ्री थकाली ग्रुपका अध्यक्ष/प्रमुख कार्यकारी अधिकृत विवेक तुलाचन र बैंकका बागमती प्रदेश प्रमुख अधिकृत विकास शर्मा गुरागाईँले हस्ताक्षर गरे।

सम्झौताअनुसार प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा रेष्टुरेन्टमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरुमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

प्रभु बैंकले नेपालभर रहेका आफ्ना ३ सय ७ शाखा कार्यालयहरु, २ सय ८६ एटीएमका साथै ७० एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रवाह गरिरहेको छ।


प्रकाशित : आइतबार, असार २३ २०८११८:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend