शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

प्रतितोला एक हजार रूपैयाँले बढ्यो सुनको मूल्य

आइतबार, असार २३ २०८१
प्रतितोला एक हजार रूपैयाँले बढ्यो सुनको मूल्य

आइतबार चाँदी प्रतितोला एक हजार ८ सय ९० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

काठमाडौं- अघिल्लो सातायता लगातार उकालो लागिरहेको सुनको मूल्य यो साता पनि वृद्धितर्फ लागेको छ।

गत शुक्रबार तोलामा एकसय रूपैयाँले बढेर प्रतितोला एक लाख ४४ हजार चारसय रूपैयाँमा कारोबार भएको सुनको मूल्य यो साता आइतबार तोलामा एक हजार रूपैयाँले बढेर प्रतितोला एक लाख ४५ हजार चारसय रूपैयाँ पुगेको छ।

आइतबार तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार सातसय रूपैयाँमा कारोबार भइरहेको छ।

लगातार बढिरहेको चाँदीको मूल्य पनि गएको शुक्रबाको तुलनामा आइतबार प्रतितोला २० रूपैयाँले उकालो लागेको छ। 

आज चाँदी प्रतितोला एक हजार ८ सय ९० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


प्रकाशित : आइतबार, असार २३ २०८१११:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend